एमाले बैठकमा नेता भुसालको प्रस्ताव: वाममोर्चा बनाए प्रत्यक्षमै १५० सिट जितिन्छ « Khabarhub

एमाले बैठकमा नेता भुसालको प्रस्ताव: वाममोर्चा बनाए प्रत्यक्षमै १५० सिट जितिन्छ


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमाले पोलिटब्युरो बैठकमा वाम एकताको प्रस्ताव गरिएको छ। च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार बसेको पोलिटब्युरो बैठकमा स्थायी कमिटी सदस्य घनश्याम भुसालले वाम एकता गरेर एमालेले नेतृत्व लिनुपर्ने प्रस्ताव गरेका हुन् ।

भुसालले एमालेले वाम एकताको नेतृत्व र अगुवाइ गर्नुपर्ने प्रस्तावमा उल्लेख गरेका छन् । वाम एकताका लागि एकीकृत समाजवादी र माओवादी केन्द्रबाट सम्भव नभएको बताएका भुसालले एमालेले नै वाम एकताको नेतृत्व गर्नुपर्ने जिकिर गरेका छन् ।

वाम एकता गरेर स्वेतपत्र जारी गरेमा जनताले दुई तिहाइ मत दिने भुसालको विश्वास छ । वाम एकता गरेर अघि बढेमा आसन्न निर्वाचन १५० सिट जित्ने उनले दाबी गरेका छन् ।

‘अहिले एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीसमेतले जितेका स्थानीय तह जम्मा ३४७ छन् । कम्तीमा १५० स्थानीय तह कम्युनिष्ट पार्टीको विभाजनका कारण गुमेका छन् । त्यो क्षति हामी बाँचेका सबै कम्युनिष्टको नालायकी हो,’ घनश्याम भुसालले प्रस्तावमा उल्लेख गरेका छन्, ‘फेरि पनि निर्वाचन आउँदै छ । स्थानीय तहको परिणामका आधारमा हेर्दा वाम मोर्चा बनेको अवस्थामा संघीय संसद्को निर्वाचनमा प्रत्यक्षतर्फ १६५ सिटमा १५० सिटसम्म ल्याउन सक्ने देखिन्छ । त्यसको अर्थ संसदमा दुई तिहाइभन्दा बढी हो । वाम मोर्चा नबन्दा कम्युनिष्ट पार्टीले गुमाउने छर्लङ्गै छ ।’

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  ३ : १७ बजे

ललितपुर ३ मा तोशिमाको निरन्तर लिड

काठमाडौं – ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोशिमा कार्की

मोरङ–४ मा रास्वपा उम्मेदवार ४६ सय बढी मतले अगाडि

मोरङ– प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मोरङ–४ मा भइरहेको मतगणनामा राष्ट्रिय

रसुवा–१ निर्वाचन अपडेट : कांग्रेसका मोहन आचार्य अग्र स्थानमा

काठमाडौं– रसुवा–१ बाट जारी मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले

मोरङ–१ मा रास्वपाको अग्रता, श्रम संस्कृति पार्टीले पछ्याउँदै

मोरङ– प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मोरङ क्षेत्र नम्बर १ मा

काठमाडौँ १ बाट रास्वपाकी रञ्जु दर्शना जित नजिक : पाँच हजारको अग्रता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रावपा)ले काठमाडौँ १ बाट विजयी