अल्फाबिटामा नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ ? « Khabarhub

बालेनको प्रश्न:

अल्फाबिटामा नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ ?


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा बनाइएको अवैध संरचना भत्काएको छ ।

३५ दिने सूचनाको अवधि सकिएपछि बिहीबार बिहान महानगर प्रमुख बालेन्द्र साह (बालेन) सहितको महानगर टोली अवलोकनमा पुगेको थियो । तर, नभत्काएको पाइएपछि बिहीबार अपराह्न मेयर बालेनकै नेतृत्वमा गएको महानगरको टोलीले अल्फाबिटाको अवैध संरचना भत्काएको हो ।

बिहीबार बिहान अल्फाबिटाका प्रतिनिधिले दाबी गरिएको जस्तो वैध संरचना नरहेको पुष्टि गर्ने कागजात बोकेर मेयर बालेन डोजरसहित अल्फाबिटा पुगे ।  घरको नक्सा र डोजर लिएर अल्फबिटा पुगेको महानगर टोलीले अवैध संरचना भत्काएको हो ।

अल्फाबिटा कम्प्लेक्सको अवैध संरचना भत्काएर आफूले के बिराएँ भन्दै बालेनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन् ।

अल्फाबिटा कम्प्लेक्सका प्रतिनिधिले नक्सा मागेपछि आफू नक्सासहित पुगेर बनेका अवैध संरचना भत्काएको भन्दै बालेनले भने, ‘ उहाँले आफ्नै नक्सा मलाइ माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ ?

अवैध संरचना भत्काउन सबैलाई आग्रह गरेका बालेनले लेखेका छन्, ‘अब उपरान्त यस्तो गर्न नपरोस्, सबैले आफैँ बुझेर अवैधानिक रुपमा बनाइएको संरचना हटाइ दिनुहोला । नक्सा जसरी पास भएको छ, त्यहीअनुसार बनाइ दिनुहोला ।’

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  ४ : ४७ बजे

ललितपुर ३ मा तोशिमाको निरन्तर लिड

काठमाडौं – ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोशिमा कार्की

मोरङ–४ मा रास्वपा उम्मेदवार ४६ सय बढी मतले अगाडि

मोरङ– प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मोरङ–४ मा भइरहेको मतगणनामा राष्ट्रिय

रसुवा–१ निर्वाचन अपडेट : कांग्रेसका मोहन आचार्य अग्र स्थानमा

काठमाडौं– रसुवा–१ बाट जारी मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले

मोरङ–१ मा रास्वपाको अग्रता, श्रम संस्कृति पार्टीले पछ्याउँदै

मोरङ– प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मोरङ क्षेत्र नम्बर १ मा

काठमाडौँ १ बाट रास्वपाकी रञ्जु दर्शना जित नजिक : पाँच हजारको अग्रता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रावपा)ले काठमाडौँ १ बाट विजयी