एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय  « Khabarhub

 एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय 


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको पोलिटब्यूरोको बिहीबार बसेको दोस्रो बैठकले भोलिदेखि बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गर्ने एजेण्डा बारे निर्णय गरेको छ । बैठकको निर्णय एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले सार्वजनिक गरेको हुन् ।  

१० र ११ भदौमा पार्टीको केन्द्रीय कार्यालयमा हुने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्नेगरी एक दर्जनभन्दा बढी एजेण्डा पोलिटब्युरो बैठकले तयार गरेको छ । जसअनुसार पहिलो एजेण्डा राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थितिसँग सम्बन्धित रहेको प्रमुख गुरुङको भनाइ छ ।

यस्तै, सत्ता गठबन्धनको गलत क्रियाकलाप, त्यसका निर्णयहरूबाट नेपाली राजनीतिमा हुनसक्ने दूरगामी प्रभाव बारे छलफल गर्ने निर्णय पनि भएको छ । सरकारका कारण भष्ट्राचार मौलाएको, अनियमितता र अराजकता फैलिएको विषयमा पनि छलफल गर्ने निर्णय भएको छ । सत्ता गठबन्धनले लोकतन्त्रलाई कमजोर बनाएको निष्कर्षसहित केन्द्रीय कमिटीमा छलफल गर्ने तयारी छ । 

यस्तै, मुद्रास्फिति र मूल्यवृद्धि बढेको विषयमा केन्द्रीय कमिटीमा छलफल हुनेछ । प्रमुख गुरुङका अनुसार आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी बारेमा पनि छलफल हुनेछ । गत स्थानीय तह निर्वाचनको समीक्षा पनि हुनेछ ।

आजको बैठकमा राजनीतिक प्रतिवेदनको सारंश बताउने क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका कारण स्थानीय तह निर्वाचनमा सिट सङ्ख्याका हिसाबले एमाले दोस्रो भए पनि लोकप्रियताका हिसाबले पहिलो पार्टी बताएका थिए ।  

प्रमुख गुरुङका अनुसार भोलिको बैठकमा पहिलो एजेण्डाका रुपमा पार्टी अध्यक्षको लिखित राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ । प्रतिवेदनमाथि छलफल र समूहगत छलफलपछि आवश्यक निर्णय लिइनेछ । दोस्रो एजेण्डाका रुपमा स्थायी कमिटीको बैठकले केन्द्रीय सदस्यमा मनोनित गरेका चार जना व्यक्तिलाई सपथग्रहण गराएर बैठकमा सहभागी गराइनेछ । तेस्रो एजेण्डाका रुपमा यसअघि पार्टी सचिवालयले गरेका सबै निर्णयहरू अनुमोदनका लागि प्रस्तुत गरिनेछ ।  

चौथो एजेण्डामा आगामी निर्वाचनका उम्मेदवारको छनौट प्रक्रिया र मापदण्ड तयार गर्ने रहेको छ । यी एजेण्डा पारित गरेर चुनावमा लाग्ने गुरुङले बताए । पाँचौ एजेण्डा स्थानीय तह निर्वाचनका सम्बन्धमा प्राप्त उजुरीहरूको छानबिन गरेर पार्टी उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले तयार पारेको रिर्पोट बैठकमा प्रस्तुत हुनेछ ।

संगठित सदस्यहरूको सदस्यता नम्बर दोहोरिएको बारे पनि व्यवस्थापन गर्ने गरी बैठकमा  प्रस्ताव गरिनेछ । यस्तै, भोलिको बैठकमा पार्टीका तीन आयोगको रिर्पोट पनि पेश हुनेछ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  ४ : ५२ बजे

आज २०८३ साल भदौ १ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा