राष्ट्रपतिको पछिल्लो गतिविधिले आशंका पैदा भयो : अध्यक्ष नेपाल « Khabarhub

राष्ट्रपतिको पछिल्लो गतिविधिले आशंका पैदा भयो : अध्यक्ष नेपाल


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो गतिविधिले आशंका पैदा भएको बताएका छन्।

समाजवादी पार्टी पुनर्गठन दिवसका अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा नेपालले राष्ट्रपति भण्डारीको पछिल्लो गतिविधिका बारेमा गठबन्धन बैठकमा पनि छलफल भएको र कतै अनिष्ट त हुन लागेको होइन भन्ने प्रश्न उठेको बताएका हुन्।

राष्ट्रपतिले पूर्व आर्मी चिफ बोलाएर भोजन दिने कामले शंका जन्माएको उनको भनाइ छ । उनले अहिले दरबारवाला, राजावादी शक्ति कति क्रियाशील छन् भन्नेमा हेरिरहेको जिकिर गरे। त्यस्तै अध्यक्ष नेपालले गठबन्धन बैठकमा यसअघिको स्थानीय चुनावमा आफ्नो पार्टीको मतलाई अवमूल्यन गर्न खोजिएको र आफूहरूको ध्यानाकर्षण गराएको जानकारी दिए।

२७ प्रतिशत सिटमा उम्मेदवारी दिँदा ९ लाख २७ हजार भोट पाएको भन्दै अध्यक्ष नेपालले आगामी निर्वाचनमा १५ देखि २० लाख मत पाए १५/२० वटा सिटलाई कसैले रोक्न नसक्ने दाबी गरे। उनले  आगामी निर्वाचनमा गठबन्धनको मात्रै भर नपर्न र आफ्नो तयारीलाई पनि तीव्र पार्न नेता कार्यकर्तालाई निर्देशन दिए।

त्यस्तै उनले यसअघि पार्टीभित्रको गुटबन्दी र व्यक्तिवाद हाबी भएका कारण नै आफूहरूले विद्रोह गर्नुपरेको बताए। कम्युनिष्ट भित्र अझै पनि व्यक्तिवादी प्रवृत्ति देखिएकाले सबै सजक हुनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  ५ : ३२ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको