ग्रेटर पोखराको अवधारणाका साथ पर्यटन विकास आवश्यक : मुख्यमन्त्री पोखरेल « Khabarhub

ग्रेटर पोखराको अवधारणाका साथ पर्यटन विकास आवश्यक : मुख्यमन्त्री पोखरेल


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ग्रेटर पोखराको अवधारणका साथ पोखराको पर्यटकीय विकास अघि बढाउनुपर्ने बताएका छन् ।

पोखरा पर्यटन परिषद्को २२ औँ साधारण भा तथा १२ औँ अधिवेशनको आज उद्घाटन गर्दै उनले प्रदेशको समृद्धिको आधार नै पर्यटन भएकाले ग्रेटर पोखराको अवधारणामार्फत पर्यटन विकास गर्नुपर्ने बताए। पोखरालाई वैधानिक रुपमा पर्यटकीय राजधानी घोषणा गर्नुपर्नेमा मुख्यमन्त्री पोखरेलको जोड छ ।

गण्डकी प्रदेशसभा सदस्य राजिव पहारीले गण्डकी प्रदेशबाट पारित ऐनमा देखिएका कमीकमजोरीलाई संशोधन गरेर पर्यटनमैत्री ऐनका लागि आफूले पहल गर्ने बताए । कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले पर्यटन क्षेत्रका लागि शान्ति सुरक्षाको प्रत्याभूति महत्त्वपूर्ण हुने र उनीहरूले सुरक्षित ठाउँ नै रोज्ने उल्लेख गर्दै पोखराको शान्ति सुरक्षामा प्रशासनले कुनै कसर बाँकी नराखेको बताए।

नेपाल पर्यटन बोर्डका सदस्य मदन आचार्यले पोखरालाई उत्कृष्ट गन्तव्य बनाउनका लागि सबैको साझा उद्देश्य र कार्यगत एकताको खाँचो औँल्याए । पोखरा पर्यटन परिषद्का संस्थापक अध्यक्ष अशोक पालिखेले देश विकासमा निजी क्षेत्रको योगदान उल्लेख्य रहेको चर्चा गर्दै पोखराको पर्यटन प्रवर्द्धनमा परिषद्को भूमिका महत्त्वपूर्ण रहेको बताए।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले राज्यका नीति पर्यटनमैत्री हुन नसक्दा यस क्षेत्रको विकासमा बाधा परेको औँल्याउँदै पर्यटन विकासमा विभाजित नभई साझा सोच र विचारबाट अघि बढ्न आवश्यक रहेको धारणा राखे।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  ६ : ३७ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको