‘फलाम खानी उत्खनन गर्दा पर्यावरण बिग्रन दिँदैनौँ’ « Khabarhub

‘फलाम खानी उत्खनन गर्दा पर्यावरण बिग्रन दिँदैनौँ’


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कावासोती– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पूर्वी नवलपरासीको धौवादीमा रहेको फलाम खानीमा उत्खनन र प्रशोधन गर्दा यस क्षेत्रको पर्यावरण बिग्रन नदिने बताए । 

आज पूर्वी नवलपरासीको हुप्सेकोटमा रहेको धौबादी फलाम खानीको अवलोकन गर्न पुगेका मन्त्री बडूले फलाम खानी आसपासको क्षेत्रको पर्यावरण र स्थानीय बस्तीलाई असर नपर्ने गरी उत्खननको काम अगाडि बढाउने बताएका हुन् ।

मन्त्री बडूले यस पटकको अनुगमन औपचारिकतामा सीमित नहुने भन्दै थपे, ‘पटकपटक धेरै मन्त्रीले अनुगमन गरे अब हामी रिजल्ट दिने गरी आएका छौँ, चाँडै नै फलाम खानीमा उत्खनन र प्रशोधनको कामले गति लिन्छ ।’ धौबादी फलाम कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनकबहादुर चन्दसहित मन्त्री बडु फलाम खानी स्थल पुगेका हुन् ।

मन्त्री बडूले उत्खनन र प्रशोधनको काममा निजी क्षेत्रको सहकार्य गर्ने गरी छलफल चले पनि निष्कर्षमा पुग्न बाँकी रहेको बताए । उनले  प्रशोधन उद्योग खोल्नका लागि उपयुक्त भनिएको पूर्वी नवलपरासीको लोकाहामा रहेको प्रस्तावित औद्योगिक क्षेत्रको निरीक्षण गरे । लोकाहामा गण्डकी प्रदेश सरकारले औद्योगिक क्षेत्र स्थापनाका लागी बजेट छुट्टयाएर काम सुरु गरेको छ ।

यस अघि धौवादी फलाम कम्पनी लिमिटेडले आफू मातहतका वरिष्ठ भूगर्भविद्को संलग्नतामा सो क्षेत्रमा गरेको अध्ययनमा कच्चा फलामको भण्डार रहेको देखाएको थियो । खानी तथा भूगर्भ विभागले यसअघि गरेको अध्ययनबाट त्यस फलाम खानीमा १० करोड मेट्रिक टन कच्चा फलामको भण्डार रहेको अनुमान गरेको थियो । सरकारी स्वामित्वमा स्थापित कम्पनीले खानीको भण्डार परिमाणबारे गरेको पछिल्लो अध्ययनले थप पाँच करोड मेट्रिक टन फलाम रहेको अनुमान गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्दले जानकारी दिए । 

‘आर्थिक वर्ष २०६७/६८ देखि उक्त स्थानमा रहेको खानीको अन्वेषण सुरू गरिएको थियो, अन्वेषणका क्रममा फलामको भण्डारण १० करोड मेट्रिकटन रहेको अनुमान गरेको कम्पनीले अहिले गरेको अन्वेषणले त्यसको परिमाण बढी भएको देखाएको छ ।

देशको सबैभन्दा ठूलो फलाम खानीका रूपमा हेरिएको उक्त फलाम खानी १० किलोमिटर लम्बाइ, १५ देखि ३० मिटर चौडाइ र १०० मिटर गहिराइमा अवस्थित छ । खानीमा छड बनाउन सकिने गुणस्तरको फलाम देखिएकाले त्यसको आधिकारिक पुष्टि गर्न विभागले पाँच टन फलाम गतवर्ष चीन पठाएको थियो । चीनबाट प्राप्त प्रतिवेदनले व्यावसायिक रूपमा फलाम उत्पादन गर्न सकिने पुष्टि गरेको थियो । पूर्वी नवलपरासीको कावासोतीबाट उत्तरतर्फ हुप्सकोट गाउँपालिका–५ मा पर्ने धौवादीमा १० किलोमिटर लामो फलाम खानी (फलामको मात्रा धेरै रहेको पहाड) रहेको छ । 

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  ६ : ३८ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको