काठमाडौँ महानगरले गम्भीर रोग लागेका बिरामीलाई मासिक पाँच हजार उपचार खर्च दिने « Khabarhub

काठमाडौँ महानगरले गम्भीर रोग लागेका बिरामीलाई मासिक पाँच हजार उपचार खर्च दिने


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरले गम्भीर रोग लागेका बिरामीलाई मासिक पाँच हजार उपचार खर्च दिने निर्णय गरेको छ । मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीलाई उपचार खर्च उपलब्ध गराउने महानगरले जनाएको हो ।

महानगरले बिहीबार सूचना जारी गर्दै मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधोपचारबापत खर्च उपलब्ध गराइने बताएको छ । महानगरले तोकिएका बिरामीलाई निवेदन दिन सूचनामार्फत आग्रह गरेको छ । महानगरको ३१ साउनको निर्णयअनुसार बिरामीको विवरण माग गरिएको हो ।

महानगरमा स्थायी बसोबास गरिरहेका र राज्यबाट अन्य कुनै सेवा–सुविधा तथा सामाजिक सुरक्षा भत्ता नलिएका बिरामीलाई बिरामीको विवरण कागजातसहित आफ्नो वडा कार्यालयमा निवेदन दिन भनिएको छ ।

निवेदन दिन नेपाली नारिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, अन्यत्रबाट बसाइँ सरेर आएको हकमा बसाइसराइ प्रमाणपत्रको प्रतिलिपि, चिकित्सकबाट प्रमाणित गर्न उपचार भइरहेको अस्पतालको चिकित्सकबाट प्रमाणित गरिएका अन्य कागजात र मेरुदण्ड पक्षघात भएका व्यक्तिका हकमा अपांगता परिचयपत्रको (रातो वा नीलो) प्रतिलिपि बुझाउन महानगरले आग्रह गरेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  ६ : ४३ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको