अफगानिस्तानमा बाढी–पहिरोका कारण १८० भन्दा बढीको मृत्यु « Khabarhub

अफगानिस्तानमा बाढी–पहिरोका कारण १८० भन्दा बढीको मृत्यु


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल – अफगानिस्तानमा पछिल्लो एक महिनामा आएको बाढीका कारण १८० भन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै तीन हजार घरमा पूर्ण रूपमा क्षति भएको सरकारी प्रवक्ताले बिहीबार बताएका छन् ।

जबीहुल्लाह मुजाहिदले पूर्ववर्ती सरकारले पूर्वाधारको अव्यवस्थापन गरेका कारण क्षतिको परिमाण अस्वभाविक भएको बताए ।

मुजाहिदले काबुलमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘यदि बाढी र क्षति बढ्दै गयो भने इस्लामिक इमिरेट्स अफ अफगानिस्तानसँग यी सबै कुराको सामना गर्न त्यति धेरै स्रोत छैन ।’

धेरै प्रान्तमा भारी वर्षा भएको छ र देशको पूर्वी क्षेत्रमा बाढीको अत्यधिक असर परेको छ ।

विशेषगरी अफगानिस्थानका गरिब ग्रामीण क्षेत्रमा कमजोर संरचनामा निर्माण गरिएका घरहरू बाढीका कारण सजिलै ढल्न सक्छन् । मुसलधारे वर्षाका कारण हरेक वर्ष दर्जनौं अफगानीको मृत्यु हुने गरेको छ ।

तालिवानले अफगानिस्तान कब्जा गरेपछि नै देश आर्थिक र मानवीय संकटमा फसेको छ, विदेशमा रहेको अर्बौंको सम्पत्ति रोक्का हुनुका साथै सहायता कोष कटौतीका कारण यो झनै विकराल बनेको छ ।

तालिबानले अन्तर्राष्ट्रिय समुदाय र विशेष गरी मुस्लिम मुलुकहरूलाई बाढी पीडितहरूको आवश्यकता पूरा गर्न सरकारलाई सहयोग गर्न आह्वान गरेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  ८ : १० बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको