उइगुरमाथि जारी ज्यादतीविरुद्ध राष्ट्रसंघको मुख्यालय अगाडि प्रदर्शन « Khabarhub

उइगुरमाथि जारी ज्यादतीविरुद्ध राष्ट्रसंघको मुख्यालय अगाडि प्रदर्शन


९ भदौ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनको स्वशासित क्षेत्र सिन्जियाङमा उइगुर मुसलमानविरुद्ध जारी ज्यादतीविरुद्ध संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि प्रदर्शनको आयोजना गरिएको छ ।

निर्वासनमा रहेको पूर्वी तुर्केस्तान सरकार, पूर्वी तुर्केस्तान राष्ट्रिय जागरण अभियान र स्वतन्त्र कजाख संस्थाको आयोजनामा राष्ट्रसंघको मुख्यालय अगाडि प्रदर्शनको आयोजना गरिएको हो ।

प्रदर्शनकारीले उइगुर अल्पसङ्ख्यकविरुद्ध चीनले जारी राखेको आम नरसंहारको विवरण सार्वजनिक गर्न राष्ट्रसंघसमक्ष माग गरेका थिए ।

चीनले उइगुर मुसलमानमाथी जारी राखेको दमनबारे विवरण सार्वजनिक नगर्न राष्ट्रसंघीय मानवअधिकार प्रमुख मिशेल बाचलेटमाथि दबाब दिएको समाचार सार्वजनिक भएसँगै राष्ट्रसंघको मुख्यालयअगाडि प्रदर्शनको आयोजना गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

सिन्जियाङ क्षेत्रमा बसोबास गर्ने दशौँ लाख उइगुर, कजाख, किर्गिजजस्ता तुर्केली जातीका मानिसहरुलाई चीनले बन्दी शिविरमा राख्दै आएको बताइन्छ । यसबाहेक त्यहाँ बलात्कार, हिंसा, हत्या, जबरजस्ती बन्ध्याकरणजस्ता घटना पनि हुने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ९ भदौ २०७९, बिहिबार  ९ : ५२ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई