उपत्यकामा एकैदिन मापसे गरी सवारी चलाउने २२३ जना समातिए  « Khabarhub

उपत्यकामा एकैदिन मापसे गरी सवारी चलाउने २२३ जना समातिए 


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकैदिन मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने २२३ जना चालकलाई कारबाही गरेको छ । उपत्यकाको विभिन्न स्थानमा शनिबार उनीहरूलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सोमबार उपत्यकामा ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने कुल ३ हजार ३३५ जना सवारी चालकलाई कारबाही गरेको थियो ।

कारबाहीमा पर्नेमा लेन अनुशासन पालना नगर्ने ४३ जना, रेड लाइडमा सवारी साधन चलाउने ८५ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १७४ र नम्बर प्लेट राम्रोसँग नराख्ने ३९ जना चालक रहेका छन् ।

यस्तै २ हजार ७७१ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  १० : ४९ बजे

चितवनमा बुधबार १२ बजेपछि पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय चितवनले भोलि दिउँसो १२ बजेपछि पासपोर्टको

नाबालिकामाथि यौन शोषण गरेको आरोपमा बाल अनाथालयका प्रमुख पक्राउ

काठमाडौँ- नाबालिकामाथि यौन शोषण गरेको आरोपमा महेन्द्रनगरस्थित अञ्चल बाल अनाथालयका

सिंहदरबारमा भाडाका सवारी साधनलाई प्रवेश गर्न दिइने

काठमाडौँ- सरकारले प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा भाडाका सवारी साधनलाई प्रवेशको

सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा निवेदन

काठमाडौँ- नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा

लिबियाको तटबाट ३३१ आप्रवासीको उद्धार : आईओएम

काठमाडौँ- भूमध्य सागरको बाटो भएर युरोपतर्फ जान खोज्ने ३३१ आप्रवासीलाई