जनताको विकासको चाहनालाई सम्बोधन गर्न सक्ने नेताको खाँचो छ : मन्त्री चौधरी « Khabarhub

जनताको विकासको चाहनालाई सम्बोधन गर्न सक्ने नेताको खाँचो छ : मन्त्री चौधरी


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

दोलखा- सहरी विकास मन्त्री मेटमणि चौधरीले अहिले देशमा जनताको विकासको चाहनालाई सम्बोधन गर्न सक्ने नेताको खाँचो रहेको बताएका छन् ।

थामी समाज दोलखाको छैटौँ वार्षिक अधिवेशनको उद्घाटन गर्दै मन्त्री चौधरीले भने, ‘राजनीतिक दलहरू असफल भए । तिनका विचार, तिनका दृष्टिकोण कमजोर भए । अब पुराना दलहरूले जनताको समस्या हल गर्न सक्दैनन् । त्यसै कारणले जनताले आज विकल्प खोज्न थालेका छन् । फराकिलो सोच भएका, समाजका समस्या पहिचान गर्न सक्ने, जनताको विकासको चाहनालाई सम्बोधन गर्न सक्ने र सबैलाई मिलाएर लान सक्ने नेताको खाँचो रहेको छ ।’

सीमान्तकृत जनजातिहरूलाई राज्यको मूल धारमा ल्याउन जरुरी रहेको बताउँदै सहरी मन्त्री चौधरीले दलहरूलाई गाली गरेर, नेतालाई गाली गरेर, दाजुभाइमा झगडा गरेर वा विभाजित भएर समस्या हल नहुने बताए । उनले जातीय कुरा गरेर नेता बन्न नसकिने धारणा समेत राखेका थिए ।

मन्त्री चौधरीले अबको दुनियाँमा जातीय कुरा गरेर कोही पनि नेता बन्न नसक्ने बताउँदै भने, ‘हिजो एउटा समय थियो, जहाँ एउटा रंगको मान्छे, एउटा ड्रेसको मान्छे अथवा जेठो छोरोले अथवा एउटा वंशले देश चलाउँथ्यो । तर अहिले समय निकै बदलिसकेको छ । अबको दुनियाँमा आपसमा लडाएर, जातीय कुरा गरेर, समाजलाई विभाजित गरेर कोही पनि नेता, सांसद वा मन्त्री बन्न सक्दैन । नेता बन्न त समाजका मुद्दा, समाजका समस्या बोक्नुपर्छ ।’

सरकारले नागरिकता नभएका लाखौँ जनताका समस्या हल गर्न नागरिकता विधेयक ल्याएको तर विविध कारणले अट्किएको बताउँदै मन्त्री चौधरीले उक्त विषय अदालत प्रवेश गरेकाले छिट्टै जनताको पक्षमा फैसला हुने आसा व्यक्त गरे ।

पूर्व मन्त्री पार्वत गुरुङले थामी जातीलाई अघि बढाउन सधैँ लागिपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा जनप्रतिनिधि, विभिन्न दलका प्रतिनिधि तथा सामाजिक जीवनका विभिन्न व्यक्तिहरूले आआफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  १० : ५८ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम