अवैध लागूऔषधसहित ६ जना पक्राउ, एक फरार  « Khabarhub

अवैध लागूऔषधसहित ६ जना पक्राउ, एक फरार 


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ भने एक जना फरार भएका छन् ।

ब्युरोले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै खैरो हिरोइन ५० दशमलव ५ ग्राम, नियन्त्रित लागु औषध १२ हजार ७ सय ५८ एम्पुल, एक केजी गाँजा सहित उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।

ब्युरोका अनुसार अमेरिकाबाट आएको पार्सलमा लत्ताकपडाभित्र लुकाई पठाएको एक किलो ३ सय ३० ग्राम गाँजा गोश्वारा हुलाक कार्यालयबाट बरामद भएको हो ।

त्यस्तै ललितपुरको इमाडोलबाट ३ दशमलव ५ ग्राम खैरो हिरोइनका साथ सुजन हेल्मुलाई पक्राउ गरिएको र थप अनुसन्धान गर्दा चौमती बस्ने संजिप राईको डेराबाट थप ४७ ग्राम खैरो हिरोईन फेला परेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले जानकारी दिए।

त्यस्तै १२ हजार भन्दा बढी एम्पुलका साथ बा ५ च ७१३८ नम्बरको बोलेरो र भाडाको बस सहित तीन जनालाई पक्राउ गरिएको प्रवक्ता खड्काले बताए।

ब्युरोले बरामद भएको लागूऔषधको अवैध बजार मूल्य अन्दाजी रु ३१ लाख ५ हजार रहेको जनाएको छ

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ३ : ४७ बजे

महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश

काठमाडौं–  प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय प्रणालीलाई

पालिकास्तरीय चित्रकला कार्यशाला सम्पन्न

काठमाडौं– ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा स्थानीय पालिकाहरूमा चित्रकला कार्यशाला एवं

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ– घोराही उपमहानगरपालिका– १३ स्थित बाह्रकुने दहमा पछिल्लो समय आन्तरिक

दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ

सिरहा–  जेन-जी आन्दोलनका क्रममा गत २४ भदौमा देशका विभिन्न बाल सुधार

पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा

काठमाडौं– चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म मुलुकले कूल