अवैध लागूऔषधसहित ६ जना पक्राउ, एक फरार  « Khabarhub

अवैध लागूऔषधसहित ६ जना पक्राउ, एक फरार 


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ भने एक जना फरार भएका छन् ।

ब्युरोले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै खैरो हिरोइन ५० दशमलव ५ ग्राम, नियन्त्रित लागु औषध १२ हजार ७ सय ५८ एम्पुल, एक केजी गाँजा सहित उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।

ब्युरोका अनुसार अमेरिकाबाट आएको पार्सलमा लत्ताकपडाभित्र लुकाई पठाएको एक किलो ३ सय ३० ग्राम गाँजा गोश्वारा हुलाक कार्यालयबाट बरामद भएको हो ।

त्यस्तै ललितपुरको इमाडोलबाट ३ दशमलव ५ ग्राम खैरो हिरोइनका साथ सुजन हेल्मुलाई पक्राउ गरिएको र थप अनुसन्धान गर्दा चौमती बस्ने संजिप राईको डेराबाट थप ४७ ग्राम खैरो हिरोईन फेला परेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले जानकारी दिए।

त्यस्तै १२ हजार भन्दा बढी एम्पुलका साथ बा ५ च ७१३८ नम्बरको बोलेरो र भाडाको बस सहित तीन जनालाई पक्राउ गरिएको प्रवक्ता खड्काले बताए।

ब्युरोले बरामद भएको लागूऔषधको अवैध बजार मूल्य अन्दाजी रु ३१ लाख ५ हजार रहेको जनाएको छ

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ३ : ४७ बजे

आजको विनिमय दर : अमेरिकी डलर कतिमा कारोबार भइरहेको छ ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

आज २०८३ साल साउन १० गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका