गाविस सचिवसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा  « Khabarhub

गाविस सचिवसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको साविक चक्कर गाविसका सचिव राम रतन मण्डलसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूले ९ लाख ७६ हजार ९०० रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

मुद्दा दायर गरिएका अन्यमा धनुषाको साविक चक्कर गाविस–२ हाल औरही गाउँपालिका–६ बस्ने नागेन्द्र भन्ने रंजित साह रहेका छन् ।

दायर गरिएको मुद्दामा दुवै जनासँग ९ लाख ७६ हजार ९०० रुपैयाँ बिगो दाबी गरिएको छ ।

विभिन्न वडाहरूका सडकमा माटो पुर्ने र ग्राभेलको काम गर्दा उनीहरूले भ्रष्टाचार गरेको अनुसन्धानमा देखिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ४ : १३ बजे

यूएईद्वारा इरान, इराक र लेबनान यात्रामा प्रतिबन्ध, आफ्ना नागरिकलाई तत्काल फर्किन आग्रह

काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकका लागि इरान,

सरकारविरोधी प्रदर्शनमा सहभागी इरानका २१ वर्षीय युवकलाई फाँसी

तेहरान- इरानमा एकजना २१ वर्षीय युवकलाई फाँसीमा चढाइएको छ। बीबीसी

रिपोर्ट भन्छ : इरानविरुद्ध अमेरिकी सैन्य कारबाही टुङ्गियो

वासिङ्टन- अमेरिकी डोनाल्ड ट्रम्प प्रशासनले इरानविरुद्ध २८ फेब्रुअरीमा सुरू भएको

बौद्धमा र्‍यालीसहित यसरी मनाइयो बुद्ध जयन्ती (तस्बिरहरू)

काठमाडौं– भगवान् गौतम बुद्धको २५७०औँ जयन्ती शुक्रबार देशभर मनाइँदैछ । शान्तिका

विदेशी नागरिकता लिएका १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले विभिन्न देशको नागरिकता लिएर नेपाली नागरिकता