‘वैदेशिक ऋणले नेपाल गम्भीर अवस्थामा छ’ « Khabarhub

गोविन्द नेपाल भन्छन्ः

‘वैदेशिक ऋणले नेपाल गम्भीर अवस्थामा छ’

जनताले विदेशी उत्पादन बहिष्कार गर्नुको विकल्प छैन


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : अर्थ विश्लेषक गोविन्द नेपालले नेपाली उत्पादन नभएका कारण आयातकै भर पर्दा देशको आर्थिक अवस्था गम्भीर अवस्थामा पुगेको बताएका छन् । खबरहबले आयोजना गरेको ‘वैदेशिक ऋणको सदुपयोग’ विषयक कार्यक्रममा बोल्दै अर्थविद् नेपालले आफ्नो उत्पादन नहुँदा नेपालको आर्थिक अवस्था झन् झन् संकटमा फस्दै गएको बताएका हुन् ।

विदेशी उत्पादनको प्रयोग बढ्दो देशमा भएको पैँसा विदेशिएको उनले बताए । साथै उनले वैदेशिक ऋण लिँदादेखि त्यसको प्रयोग गर्दासम्म कँही कतै पनि राम्ररी रेकर्ड राख्ने र अनुगमन नहुने समस्या व्याप्त रहेको बताए ।

नेपालीले आफ्नो उत्पादन बढाउने र विदेशी उत्पादन बहिष्कार गर्ने कडा कदम नचालेसम्म नेपालको आर्थिक अवस्था माथि जान नसक्ने पनि अर्थविद् नेपालको ठहर छ । ‘अब नेपालीले सोचेर निर्णय गर्नैपर्छ । विदेशी उत्पादन बहिष्कार गरेर स्वदेशी उत्पादन बढाउँदै प्रयोग गर्नुपर्छ । अन्यथा देशको अवस्था कहिल्यै सुध्रिदैँन,’ उनले भने ।

यस विषयमा सरकार जिम्मेवार नहुँदा समस्या झन् झन् बढिरहेको पनि उनले बताए । नेपालले वैदेशिक ऋण लिँदा सबैभन्दा ठूलो कुरा त्यसको सदुपयोग कहाँ कसरी गर्ने ? भन्ने विषयमा कँही कतै गम्भीर छलफल नहुने गरेको पनि अर्थविद् अधिकारीले बताए ।

‘अब सचेत नागरिकले गम्भीर भएर सोच्नैपर्छ । सरकारको भर नपरेर भन्नुपर्दा स्वदेशी उत्पादन बढाएर विदेशी उत्पादन बहिष्कार गर्नुपर्छ’ उनले कार्यक्रमको सारमा भने, ‘अन्यथा वैदेशिक ऋणले नेपालको अवस्था गम्भीर छ । यो अवस्था झनै जटिल बन्नुभन्दा पहिल्यै केही निर्णायक कदम चाल्नुपर्छ ।’

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ४ : ४२ बजे

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट