‘वैदेशिक ऋणले नेपाल गम्भीर अवस्थामा छ’ « Khabarhub

गोविन्द नेपाल भन्छन्ः

‘वैदेशिक ऋणले नेपाल गम्भीर अवस्थामा छ’

जनताले विदेशी उत्पादन बहिष्कार गर्नुको विकल्प छैन


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : अर्थ विश्लेषक गोविन्द नेपालले नेपाली उत्पादन नभएका कारण आयातकै भर पर्दा देशको आर्थिक अवस्था गम्भीर अवस्थामा पुगेको बताएका छन् । खबरहबले आयोजना गरेको ‘वैदेशिक ऋणको सदुपयोग’ विषयक कार्यक्रममा बोल्दै अर्थविद् नेपालले आफ्नो उत्पादन नहुँदा नेपालको आर्थिक अवस्था झन् झन् संकटमा फस्दै गएको बताएका हुन् ।

विदेशी उत्पादनको प्रयोग बढ्दो देशमा भएको पैँसा विदेशिएको उनले बताए । साथै उनले वैदेशिक ऋण लिँदादेखि त्यसको प्रयोग गर्दासम्म कँही कतै पनि राम्ररी रेकर्ड राख्ने र अनुगमन नहुने समस्या व्याप्त रहेको बताए ।

नेपालीले आफ्नो उत्पादन बढाउने र विदेशी उत्पादन बहिष्कार गर्ने कडा कदम नचालेसम्म नेपालको आर्थिक अवस्था माथि जान नसक्ने पनि अर्थविद् नेपालको ठहर छ । ‘अब नेपालीले सोचेर निर्णय गर्नैपर्छ । विदेशी उत्पादन बहिष्कार गरेर स्वदेशी उत्पादन बढाउँदै प्रयोग गर्नुपर्छ । अन्यथा देशको अवस्था कहिल्यै सुध्रिदैँन,’ उनले भने ।

यस विषयमा सरकार जिम्मेवार नहुँदा समस्या झन् झन् बढिरहेको पनि उनले बताए । नेपालले वैदेशिक ऋण लिँदा सबैभन्दा ठूलो कुरा त्यसको सदुपयोग कहाँ कसरी गर्ने ? भन्ने विषयमा कँही कतै गम्भीर छलफल नहुने गरेको पनि अर्थविद् अधिकारीले बताए ।

‘अब सचेत नागरिकले गम्भीर भएर सोच्नैपर्छ । सरकारको भर नपरेर भन्नुपर्दा स्वदेशी उत्पादन बढाएर विदेशी उत्पादन बहिष्कार गर्नुपर्छ’ उनले कार्यक्रमको सारमा भने, ‘अन्यथा वैदेशिक ऋणले नेपालको अवस्था गम्भीर छ । यो अवस्था झनै जटिल बन्नुभन्दा पहिल्यै केही निर्णायक कदम चाल्नुपर्छ ।’

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ४ : ४२ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु