‘अब आयोग र कानून बनाएर मात्रै ऋण लिनुपर्छ’ « Khabarhub

पूर्वप्रधानन्यायाधीश श्रेष्ठ भन्छन्ः

‘अब आयोग र कानून बनाएर मात्रै ऋण लिनुपर्छ’

अहिलेसम्म लिएको वैदेशिक ऋणको सदुपयोगबारे सरकारले जवाफ दिनुपर्छ


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले वैदेशिक ऋणको उपयोगिता नदेखिएको भन्दै गम्भीर प्रश्न उठाएका छन् । अहिलेसम्म सरकारले लिएको वैदेशिक ऋणको बारेमा विस्तृत विवरण सार्वजनिक गर्नुपर्ने भन्दै त्यसको सदुपयोग कहाँ भइरहेको छ ? भन्ने विषयमा पनि तत्काल जानकारी गराउनुपर्ने माग गरेका छन् ।

सरकारले प्राय मन्त्रिपरिषद् बैठकबाट ऋण स्वीकृत गर्ने निर्णय गरेको समाचार सरकारका प्रवक्ताबाट सार्वजनिक मात्रै भइरहने भन्दै त्यो ऋण कहाँ कसरी सदुपयोग भइरहेको छ भन्ने विषयमा तत्काल सबै स्पष्ट जानकारी गराउनुपर्ने माग पूर्वप्रधानन्यायाधीश श्रेष्ठले गरेका हुन् ।

अर्थतन्त्र गुमिसकेपछि प्रजातन्त्र टिकाउन मुश्किल हुने भन्दै नेपालीको थाप्लो वर्षेनी ऋण मात्रै थप्ने सरकारको काम गम्भीर र आपत्तिजनक भएको श्रेष्ठको भनाई छ । अब नेताहरुलाई विदेश पठाउन र कर्मचारीलाई महंगा गाडी खरिद गर्न मात्रै वैदेशिक ऋणको सदुपयोग भइरहेको हो ? भन्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले प्रश्न गरेका छन् ।

ऋण आयोग बनाउनुपर्छ, ऋण लिने कानून चाहियो

यस्तै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले वैदेशिक ऋण ल्याउने र सदुपयोग गर्ने विषयमा अब छुट्टै आयोग बनाउनुपर्ने माग गरेका छन् । उनले कार्यक्रममा अब वैदेशिक ऋणको विषयमा गम्भीर प्रश्न उठेको भन्दै सरकारले कानून बनाएर, आयोग गठन गरेर वैदेशिक ऋण लिनुपर्ने धारणा राखे ।

‘अहिलेसम्म सरकारले विदेशीबाट लिएको ऋण कहाँ सदुपयोग भयो ? कहाँ कति सुधार भयो ? कहाँ विकास भयो’ उनले कार्यक्रममा भने, ‘अब कानून बनाएर मात्रै ऋण लिनुपर्छ । ऋण लिने कि नलिने ? ऋण कहाँबाट कसरी लिने ? ऋण आवश्यक हो कि होइन भन्ने विषयमा विज्ञहरुबाट सुझाव लिन सजिलो हुने गरि ऋण आयोग गठन गर्नुपर्छ । यसरी नेपालीमाथि ऋणको बोझ थप्ने सरकारको काम अब स्वीकार्य हुँदैन ।’

साथै उनले राजश्वले सरकारको सामान्य खर्च मात्रै धान्न नसक्ने अवस्था आउनु भनेको निकै दुःखद र चिन्ताजनक रहेको पनि बताए । कर्मचारीलाई तलब खुवाउन पनि वैदेशिक ऋणको सहारा लिनु दुःखद भएको पनि उनले बताए ।

‘राजश्वले सामान्य खर्च मात्रै पनि धान्न नसक्ने अवस्था छ भन्दा त ठूलै चिन्ता पो लाग्यो । यसरी कसरी देश चलिरहेको छ’ उनले भने, ‘अर्थतन्त्र गुमिसकेपछि त प्रजातन्त्र टिकाउन सकिदैन भनेर श्रीलंका संकटले प्रमाणित गरिसक्यो । अब हामी पनि त्यही अवस्थामा पुग्ने हो र ?’

सरकारले वैदेशिक ऋण लिनुपर्ने कारण पनि स्पष्ट पार्नुपर्ने उनले बताए । साथै उनले वैदेशिक ऋण लिएर शिक्षा, स्वास्थ्य पूर्वाधार विकास लगायतका क्षेत्रमा कहाँ कति सुधार भयो ? भनेर प्रश्न गर्नुपर्ने बताए । स्वदेशी शिक्षा सुधार गर्न नसक्ने शिक्षा मन्त्रालय ? नागरिकको जीउ ज्यान बचाउन नसक्ने स्वास्थय मन्त्रालय, एक माना चामल बढाउन नसक्ने कृषि मन्त्रालय किन चाहियो ? भन्दै उनले प्रश्न गरेका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ५ : ३० बजे

अनुहारको अनौठो सजावटले विश्वकपमा भाइरल टर्किस समर्थक उडी नेको

काठमाडौं- फिफा विश्वकपमा खेलाडी मात्रै होइन, रंगीन समर्थकहरू पनि चर्चाको

विभिन्न स्थानबाट लागूऔषधसहित ३१ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

रानीसैन विवाद मिलाउन बाजुराका दलहरू एकजुट, शान्तिपूर्ण समाधानमा जोड

बाजुरा- रानीसैनलाई लिएर बाजुरा र हुम्लाबीचको विवाद शान्तिपूर्ण रुपमा समाधान

सुनितालाई घरमै नागरिकता

पर्वत– जन्मेदेखि नै पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी पर्वतको जलजला

एमालेमा कलहबीच शंकर र योगेशको तस्बिर राख्दै रामकुमारीको तर्क, ‘समस्याको केन्द्र केपी ओली मात्रै होइनन्’

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले महासचिव शंकर पोखरेल