भारतीय राष्ट्रपति मुर्मुको पहिलो भम्रण कर्नाटकबाट « Khabarhub

भारतीय राष्ट्रपति मुर्मुको पहिलो भम्रण कर्नाटकबाट


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतीय राष्ट्रपति द्रौपदी मुर्मु सेप्टेम्बर २६ देखि २८ सम्म कर्नाटक भ्रमणमा जाने कार्यक्रम तय भएको छ । भारतको राष्ट्रपतिको रूपमा उनको यो पहिलो आन्तरिक भ्रमण हुनेछ ।

सेप्टेम्बर २६ मा राष्ट्रपतिले मैसुरुको चामुण्डी हिल्समा दशरा महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ । सोही दिन हुबलीमा हुबली–धारवाड नगरपालिकाले आयोजना गरिने अभिनन्दन कार्यक्रम ‘पौरा सम्मान’मा सहभागी हुनेछिन् । त्यसैगरी उनले धारवाडमा भारतीय सूचना प्रविधि संस्थान धारवाडको नयाँ क्याम्पसको पनि उद्घाटन गर्नेछिन् । मङ्गलबार राष्ट्रपतिले बेंगलुरुमा हिन्दुस्तान एरोनटिक्स लिमिटेडको एकीकृत क्रायोजेनिक इन्जिन उत्पादन सुविधाको उद्घाटन गर्नेछिन् ।

उनी सोही दिन सेन्ट जोसेफ युनिभर्सिटीको उद्घाटन समारोहमा सहभागी हुने र पछि कर्नाटक सरकारले उनको सम्मानमा बेंगलुरुमा आयोजना गर्ने नागरिक स्वागत समारोहमा भाग सरिक हुने छिन् राष्ट्रपति मुर्मु सेप्टेम्बर २८ मा केन्द्रीय राजधानी फर्कनेछिन् ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ८ : २८ बजे

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस

वनमा लुकाइएका भरुवा बन्दुक बरामद

कपिलवस्तु – कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार

शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन

काठमाडौं – शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान

सिँचाइ र नदी नियन्त्रणमा गति : मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई