दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  आज दिनभर आचारसंहिता पालना गर्ने राजनीति दलहरुको प्रतिवद्धता, सार्वजनिक सवारीसाधनको अनुगमनका लागि समिति गठन, संविधान भत्काउने षडयन्त्र भइरहेकाे भट्टराईकाे जिकिर, बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन, निर्वाचनका लागि सेना परिचालन गर्न राष्ट्रपतिकाे स्वीकृती लगायतका समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

आचारसंहिता पालना गर्ने राजनीति दलहरुको प्रतिवद्धता
सरकार र राजनीतिक दलहरुले आगामी निर्वाचनमा गम्भीर भएर आचारसंहिता पालना गर्ने प्रतिवद्धता जनाएका छन् । निर्वाचन आयोगले गरेको छलफलमा प्रधानमन्त्री शेर बहादुर देउवा लगाएत बिभिन्न दलका प्रतिनिधिहरुले निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउनका लागि गम्भीर भएर आचारसंहिता पालना गर्ने प्रतिवद्धता जनाएका हुन् ।

उनीहरुले निर्वाचन आचारसंहिताको प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गरेका छन् । छलफलका क्रममा मन्त्रीहरु आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्य क्षेत्रमा जान नपाउने व्यवस्थालाई पुर्नबिचार गर्न आग्रह गरिएको माओवादी केन्द्रका नेता लिलामणी पोखरेलेले जानकारी दिए ।

उनले दल दर्ताका लागि २५ जनामा मात्रै जान पाउने व्यवस्था र निर्वाचन सुरु हुनु भन्दा १७ दिन अघि मात्रै प्रचार गर्न पाउने व्यवस्थालाई बिचार गर्न पनि सुझाव दिएको उनले बताए । आयोगले व्यवहारिक पक्षलाई बिचार गर्ने जनाएको उनले बताए ।

सार्वजनिक सवारीसाधनको अनुगमनका लागि समिति गठन

सरकारले सार्वजनिक सवारीसाधनको यान्त्रीक परिक्षण, भारवहन क्षमता, सवारीको गति लगाएका बिषयमा अनुगमन गर्न समिति गठन गरेको छ ।

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले सार्वजनिक यातायातलाई सुरक्षित र व्यवस्थीत गर्न एवं दुर्घटनालाई न्युनिकरण गरि नागरिकको आवागमनलाई सुरक्षित बनाउनका लागि सवारीसाधनको अवस्थाको अनुगमन, नियमन, सुपरिवेक्षण गर्न गृहमन्त्रालयका सहसचिव फणीन्द्रमणी पोखरेलको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिए।

बैठकले बिज्ञापन बोर्डका लागि अधिकृतस्तरका कर्मचारीहरुको अस्थायी दरवन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । भने शताव्दी पुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि स्वास्थ्य मन्त्रालयले एक जना नर्स उपलव्ध गराउने निर्णय गरेको छ ।

त्यस्तै राष्ट्रिय गानका रचयिता व्याकुल माइलालाई सहज जिवन यापनका लािग मासिक २५ हजार भत्ता उपलव्ध गराउदै आएको सो रकममा बृद्धि गरि मासिक ५० हजार रुपैया उपलव्ध गराउने निर्णय भएको प्रवक्ता कार्कीले बताए। त्यस्तै मन्त्रीपरिषद्ले दार्चुला जिल्लाको महाकाली नगरपालीका र नौगाढ गाँउपालीकाका भौगोलिक क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको कार्कीले जानकारी दिए ।

अब विकास निर्माण र सम्वृद्धिको आवश्यकता ः प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिन नसकेको बताएका छन् । माओवादी केन्द्र चितवनले आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले सामाजिक न्याय र समानतालाई नयाँ उचाइमा पु¥याउन आवश्यक रहेको बताए ।

देश सङ्घीय गणतन्त्रमा आइसकेको भन्दै उनले देशलाई अब विकास निर्माण र सम्वृद्धिको आवश्यकता रहेको उनले उल्लेख गरे । चितवनमा अहिले नमूना विकासको प्रयास गरिरहेको भन्दै उनले आउने दिनमा निकै ठूलो फड्कोका साथ विकास र सम्वृद्धिको नयाँ मोडल चितवनले प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

संविधान भत्काउने षडयन्त्र भइरहेकाे भट्टराईकाे जिकिर
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले उच्चतम पदमा बस्ने मान्छेबाट नै संविधान भत्काउने र मिच्ने काम भइरहेको बताएका छन ।

नीति अनुसन्धान प्रतिष्ठानको चौथो वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा भट्टराईले कुनै जिम्मेवारी नै नलिएर उच्चतम पदमा बस्ने मान्छेबाट नै संविधान भत्काउने र मिच्ने काम भएको र संघीय लोकतान्त्रीक गणतन्त्रको डुङ्गामा प्वाल पार्ने प्रवृति देखिएको बताए ।

बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा उनले चाडपर्वको समयमा बजारमा अवाञ्छित गतिविधि हुनेतर्फ सचेत रहँदै आआफ्नो क्षेत्राधिकारअनुसार बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिएका हुन ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, अर्थमन्त्री जनार्दन शर्मा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, स्वास्थ तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङ, काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक महेश भट्टराईलगायतका उच्च सरकारी अधिकारीको सहभागिता रहेको थियो ।

छलफलमा उद्योगमन्त्री बडूले बजार अनुगमनको विद्यमान अवस्थाका बारेमा जानकारी गराउँदै आफू मातहत सबै निकायलाई प्रभावकारी बजार अनुगमनका लागि निर्देशन दिइसकेको बताए। साथै उनले अन्तरमन्त्रालय समन्वय गरी अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन लाग्नुपर्ने बताएका थिए ।

निर्वाचनका लागि सेना परिचालन गर्न राष्ट्रपतिकाे स्वीकृती
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि सेना परिचालनको स्वीकृति दिएकी छ ।

एकीकृत सुरक्षा राष्ट्रिय सुरक्षा कार्ययोजना २०७९मा व्यवस्था भएअनुसार भदौ १७ गतेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकको सिफारिशअनुसार सेना परिचालन गर्न स्वीकृति दिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मंसिर ४ गते हुने निर्वाचनका लागि नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम निर्वाचनका दिनका लागि सेना परिचालनको स्वीकृति प्रदान गरिएको जारी विज्ञप्तिमा भनिएको छ ।

नागरिकता विधेयकसम्बन्धी रिटमा  कारण देखाऊ आदेश जारी
सर्वाेच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरण नभएको विषयमा कारण देखाऊ आदेश जारी गरेको छ । नागरिकता विधेयक प्रमाणीकरण नगरेको रिटमा आज सुनुवाइ गर्दै न्यायाधीश हरि फुयालको एकल इजालसले राष्ट्रपति विद्यादेवी भण्डारीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

संघीय संसदको दुवै सदनले पारित गरेर पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी थिइनन । राष्ट्रपति भण्डारीले नगरेपछि सर्वाेच्च अदालतमा अधिवक्ता सागर बरालसहित, शौनु परियार डा. सुनिल रञ्जन सिंह सुनिकुमार यादव र देव शर्माले रिट निवेदन दिएका थिए ।

यसैबीच सर्वोच्च अदालतले सभामुख र उपसभामुखको कार्यकालबार कारण देखाउ आदेश दिएको छ ।सभामुख र उपसभामुख पद खाली गराउन माग गर्दै दायर रिटमा न्यायाधीश हरि फुयाँलको एकल इजलासले सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको कार्यकालका सम्बन्धमा न्यायाधीश हरि फुयाँलको एकल इजलासले सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको कार्यकालका सम्बन्धमा संघीय संसद सचिवालयसहितका विपक्षीसँग लिखित जवाफ माग गरेको हो ।

भ्रष्टाचारको मुद्धा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको साविक चक्कर गाविसका सचिव रामरतन मण्डलसमेत दुई जनाविरुद्ध भ्रष्टाचार गरेको आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

साविक चक्कर गाविसका विभिन्न वडाका सडकमा माटो पुर्ने र ग्राभेलको काम गर्न गराउन उपभोक्ता समिति गठन गरेको तर त्यसका लागि कुनै पनि रकम विनियोजन नभएको अवस्थामा तत्कालीन सचिव केवटले रञ्जित साहसँगको मिलेमतोमागैरकानुनीरुपमा ९ लाख ७६ हजार नौ सय बराबरको भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ ।

आयोगले सरकारी स्रोतबाट प्राप्त रकमको गैरकानूनीरुपमा दुरुपयोग गरेको अभियोगमा बिगोबमोजिमको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

थाइल्याण्डका नागरिक पक्राउ
अमेरिकी र अष्ट्रेलियन डलरसहित थाइल्याण्डका नागरिक पक्राउ परेका छन्। फ्लाई दुबईमार्फत काठमाडौंबाट दुबई जान लागेका ३८ वर्षीय पोङफोज सिनसुवान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज प्रहरीले पक्राउ गरेको हो ।

उनको साथमा ५८ हजार चार सय अष्ट्रेलियन डलर र १५ हजार सात सय अमेरिकन डलर फेला परेको प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र जिसीले जानकारी दिए ।

गैंडाको खाग सहित पक्राउ
काठमाडौँको टोखा नगरपालिका–९ नयाँबसपार्कस्थित न्यू रुकुम गेष्टहाउसबाट गैंडाको खाग १ थान सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा गौरीशंकर गाउँपालिका–४ घर भएका २४ वर्षीय प्रकाश खत्री र रुकुम उत्तर गंगा गाउँपालिका–८घर भएका ३९ वर्षीय प्रेम कुमारी घर्ती रहेका छन् ।

सो गेष्टहाउसमा गैंडाको खाग लुकाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले, गैंडाको खाग सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कोरोना अपडेट
नेपालमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार २ सय ६ पिसिआर परिक्षणका क्रममा ४० जना र १ हजार ८ सय १८ एन्टीजेन परिक्षणका क्रममा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै थप एक सय जना संक्रमणमुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ८६ हजार ३ सय ३५ जना निको भएका छन् । हाल नेपालमा १ हजार २ सय २३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

१ हजार पाँच सयभन्दा बढी डेंगु संक्रमित
पछिल्लो २४ घण्टामा १ हजार पाँच सयभन्दा बढी डेंगु संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आज साँझसम्म २४ हजार ४ सय ९२ जनामा डेंगु पुष्टि भएको छ ।

हालसम्म डेंगु संक्रमणका कारण २९ जनाको मृत्यु भएको छ । मन्त्रालयको अनुसार अहिलेसम्म सबैभन्दा बागमती प्रदेशमा १९ हजारमा डेंगु संक्रमण भएको छ । त्यसैगरी, लुम्बिनी प्रदेशमा दुई हजार ८७२, सुदूरपश्चिममा ७७७, प्रदेश १ मा ७५३, गण्डकीमा ५३७, मधेशमा ३२३ र कर्णालीमा २३० जनामा डेंगु संक्रमण भएको छ ।

चालु आर्थिक वर्षकाे पहिलो दुई महिनामा आयात र निर्यात दुवै घट्याे
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा नेपालको आयात र निर्यात दुवै घटेको छ । सो समयमा नेपालको वैदेशिक व्यापार घाटा २ खर्ब ४४ अर्ब ९१ करोड ९२ लाख १५ हजार रुपैयाँ पुगेको छ ।

भन्सार विभागले आज जारी गरेको तथ्याङ्क अनुसार गत साउन र भदौ महिनामा नेपालको कुल वैदेशिक व्यापार ३ खर्ब २ अर्ब २८ करोड ८९ हजार रुपैयाँ रहेको छ । विभागका अनुसार सो समयमा नेपालले २ खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख ५२ हजार रुपैयाँको वस्तु आयात गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष नेपालको आयात १३.०१ प्रतिशतले घटेको छ ।

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालले २८ अर्ब ६८ करोड ४ लाख ३७ हजार रुपैयाँको वस्तु विभिन्न देशमा निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष नेपालको निर्यात ३४.८८ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ८ : ५९ बजे

प्रधानमन्त्रीले छलफलका लागि बोलाए कांग्रेसलाई

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई छलफलका

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

धनकुटा–  ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर साल्पासिलिछो गाउँपालिका-४ बस्ने

उत्पादन र निर्माण क्षेत्रको अवस्था ऋणात्मक हुन्छ : राष्ट्र बैंक

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो

छोराको हत्या आरोपमा आमा पक्राउ

पर्सा– आफ्नै ५ महिनाको छोराको हत्या गरी फरार रहेको अभियोगमा वीरगंज महानगरपालिका-१७

रुसलाई हतियार नदिएको किमकी बहिनी जोङको दाबी

काठमाडौं– उत्तर कोरियाका शासक किम जोङ उनकी बहिनी किम यो