टोल टोलमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिदैँ « Khabarhub

टोल टोलमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिदैँ


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – चौतारा साँगाचोकगढी नगरपालिकाले ज्येष्ठ नागरिकहरुको लागि ‘ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण’ सुरु गरेको छ ।

ज्येष्ठ नागरिकको सम्मानस्वरूप समुदायमै गएर बालबालिकाको खोप क्लिनिक जस्तै नियमित रुपमा जेष्ठ नागरिक क्लिनिक मार्फत स्वास्थ्य परीक्षण गर्ने नगरपालिकाको योजना छ ।

आइतबार नगरको वडा नम्बर १३ नर्सिङडाडामा एक कार्यक्रमका बीच नगर प्रमुख कृष्णप्रसाद सापकोटाले स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै ‘ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण’ सुभारम्भ गरिएको हो । चौतारा साँगाचोकगढी नगरपालिकाको १४ वटै वडाका हरेक टोलमा पुगेर ज्येष्ठ नागरिक स्वास्थ्य क्लिनिक संचालन गरिने सापकोटाले बताए ।

ज्येष्ठ नागरिकको उपचारमा समस्या भएपछि टोल टोलमै गएर स्वास्थ्य परीक्षण

अहिले एकल भएका र घरमा बुढाबुढी मात्र भएका ज्येष्ठ नागरिकमा धेरै स्वास्थ्य समस्या देखिएकोले समुदायमै गएर जेष्ठ नागरिक क्लिनिक मार्फत स्वास्थ्य परीक्षण गरेको नगरपालिकाले जनाएको छ । स्थानिय ज्येष्ठ नागरिक कालिका दुलाल भन्छिन्,‘ आफ्नै गाउँमा उपचार र स्वास्थ्य परीक्षण गर्दा दैलोमै सरकारको अनुभूति भएको छ। ’ आफन्तको बेवास्ताका कारण ज्येष्ठ नागरिक एक्लिँदा उनीहरूको स्वास्थ्यमा विभिन्न समस्या देखिरहेको स्वास्थ्यकर्मीको भनाइ छ । अधिकांश ज्येष्ठ नागरिकमा दम, उच्च रक्तचाप, मधुमेह, बाथलगायत स्वास्थ्य समस्या देखिएका छन् ।

पहिलो चरणमा प्रत्येक वडामा शिविर मार्फत जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्दै रोग र समस्या पहिचान समेत हुने भएको छ । सामान्य स्वास्थ्य समस्या भएकाहरुलाई निःशुल्क औषधी दिइने र स्वास्थ्य समस्या जटिलउन्मुख भए आवश्यकताअनुसार अस्पताल पठाइने नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत दिनेश नेपालले बताए । नगरभित्र हरेक वडामा रहेका हेल्थ पोस्टमा कार्यरत हेल्थ असिस्टेन्ट, सिनियर अहेब, अहेब र अनमी मध्येबाट नियमित औपचारीक तालिका बनाएर सबै वडाका हरेक टोलमा ज्येष्ठ नागरिकको परीक्षण गर्न पुग्नेछन् ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ९ : २६ बजे

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर