चुनाव जित्ने रणनीति चुनावीसभा र भाषण मात्रै | Khabarhub Khabarhub

सत्ता गठबन्धनको गठजोड

चुनाव जित्ने रणनीति चुनावीसभा र भाषण मात्रै

देश दौडाहामा गठबन्धनका शीर्ष नेताहरु


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सबै नेपालीलाई तिहार लागेको बेला यतिबेला सत्ता गठबन्धनका शीर्ष नेताहरु भने देश दौडाहामा छन्। नेपाली कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई जिताउन यतिबेला गठबन्धनका शीर्ष नेताहरु देश दौडाहामा पुगेका हुन्।

देश दौडाहामा पुगेका नेताहरुले लगभग सातै प्रदेशका चुनावी सभा भ्याएका छन्। त्यसमा पनि महत्वपूर्ण नेताहरुको निर्वाचन क्षेत्रमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, समाजवादीका अध्यक्ष माधव नेपाल लगायतका नेताहरु यतिबेला चुनावी सभामा भाषण गर्न अभ्यस्त छन्।

यद्यपि, देउवाको डडेलधुरा, प्रचण्डको गोरखा र माधव नेपालको रौतहटमा चुनावी सभा हुनै बाँकी छ। कांग्रेस र कम्युनिष्टबीचको सत्ता गठबन्धनमा यतिबेला नेताहरु केवल चुनाव जित्ने अस्त्रका रुपमा चुनावी सभा मात्रै गरिरहेका छन्।

सत्ता गठबन्धनको साझा चुनावी प्रतिबद्धता वा चुनावी घोषणापत्रमा त्यस्ता आकर्षण नारा र एजेन्डा छैनन्। प्रमुख प्रतिपक्षी दल एमालेको पाँच वर्षको प्रतिगमनलाई मुख्य प्रतिशोधपूर्ण नारा बनाएर यतिबेला सत्ता गठबन्धनका शीर्ष नेताहरु चुनावी सभामा केन्द्रित भएका छन्।

खासगरी गठबन्धनभित्रका दललाई यतिबेला एकले अर्कोलाई जिताउँदैनन् भन्ने भ्रम र चिन्ता छ। खासगरि कांग्रेसले कम्युनिष्टलाई भोट हाल्दैनन् भनेर चिन्ता छ समाजवादीलाई माओवादीले नै भोट हाल्दैनन् कि भन्ने चिन्ता देखिन्छ।

यसले गर्दा पनि नेताहरु झन् चिन्तित देखिन्छन्। सोही कारण शीर्ष नेताहरुको अनुहार देखेपछि, सार्वजनिक मञ्चबाटै कार्यकर्तालाई निर्देशन दिएपछि र चुनावी सभाका क्रममा असन्तुष्ट नेता कार्यकर्तालाई शीर्ष नेताहरुले सम्झाएपछि गठबन्धनका उम्मेदवारले जित्ने अवस्था रहने भएपछि चुनावी सभा जोडतोडले भइरहेका देखिन्छन्।

राजनीतिको वास्तविक धरातलमा कांग्रेसले कम्युनिष्टलाई र कम्युनिष्टले कांग्रेसलाई मन नपराउने स्थिति छ। अहिले पनि विभिन्न ठाउँका कार्यकर्ता यसै भन्छन्। तर यथार्थमा भने कांग्रेसले कम्युनिष्टलाई र कम्युनिष्टले कांग्रेसलाई भोट हालेपछि मात्रै जित्ने अवस्था बनेको छ।

यसले पनि नेताहरुलाई देशभर चुनावी सभा गर्नुपर्ने बाध्यता बढेको छ। यसअघि पाँच वर्ष पहिले एमाले र माओवादीको चुनावी सभा देशभर भएका थिए। तर अहिले ठिक उल्टो। एमाले एक्लै छ भने कांग्रेस र माओवादी तथा एमालेबाट फुटेको माधव नेपालको टिम समाजवादी एक ठाउँमा छन्।

चुनावी भागबन्डाअनुसार देशभर चुनावी सभा भइरहँदा माधव नेपालका उम्मेदवारलाई चुनाव जित्न कठिन देखिन्छ। जसको एउटै कारण हो, माओवादी र कांग्रेसले इमानदारसँग माधव नेपालका उम्मेदवारलाई भोट हाल्ने सम्भावना न्यून छ।

यसले गर्दा पनि नेताहरुलाई चुनाव जित्न गाह्रो देखिँदैछ। यो चिन्ताले पनि एकपटक सत्ता गठबन्धनको चुनावी सभा गरेपछि आफूले जित्ने पक्का भन्दै उम्मेदवार पनि प्रचार गरिरहेको देखिन्छ।

काठमाडौँ क्षेत्र नं. २ मा अहिले ओनसरी घर्ती सोही कारण आफू बलियो बनेको दाबी गरिरहेकी छन्। सुरुमा बाहिरबाट आएको उम्मेदवार भन्दै हार्ने सम्भावना बढेका बेला गठबन्धनका नेताहरुले चुनावी भाषण गरेपछि सो क्षेत्रका नेता कार्यकर्तालाई ओनसरीलाई नै भोट हाल्नुपर्ने दबाब बढेको छ।

यस्ता धेरै उदाहरण छन्। यतिबेला एमाले एक्लिएका बेला गठबन्धनका नेताहरु भने जसरी हुन्छ चुनाव जित्नैपर्छ भन्ने दबाबमा छन्।

जसकारण उनीहरु जतिबेला पनि केवल सत्ताको लागि एक अर्कोलाई हदैसम्म प्रयोग गर्ने पक्षमा देखिन्छन्। यसैका लागि चुनाव नेपाली जनता र नेताहरुको लागि स्वार्थको गठजोड मात्रै बनेको छ। जसले जनता केही वाक्क दिक्क छन् भने दल केन्द्रित कार्यकर्ता भने उत्साहित छन्।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  १० : ३६ बजे

झापामा भारी वर्षा, सम्भावित क्षतिबाट जोगिन स्थानीय प्रशासन तयारी अवस्थामा

भद्रपुर– झापामा गए रातीदेखिको अविरल वर्षाले नदी तथा खोलामा पानीको

दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो दुई महिनामा झण्डै सात अर्ब

नाटकको जादुयी आकर्षण, कर्मा र कर्म

काठमाडौं – कर्मा करिब ३८ वर्ष पहिले काठमाडौंमै जन्मिएका हुन्

आम उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्न आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले चाडपर्वमा आम उपभोक्ताको अधिकारलाई सुनिश्चित

चाडपर्व सुरक्षा कार्ययोजना : काठमाडौंमा तीन हजार सात सय प्रहरी खटिने

काठमाडौं– नेपाल प्रहरीले चाडपर्वमा शान्ति सुरक्षालाई सुदृढ तुल्याइ जनजीवनलाई सहज