एस्टन भिल्लाको नयाँ प्रशिक्षकमा इमिरे नियुक्त « Khabarhub

एस्टन भिल्लाको नयाँ प्रशिक्षकमा इमिरे नियुक्त


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिगको क्लब एस्टन भिल्लाले युनेइ इमिरेलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ। इमिरेले नोभेम्बर एकबाट टोलीको प्रशिक्षण सम्हाल्ने भिल्लाले जनाएको छ।

एस्टन भिल्लाले केही दिन अघि मात्र प्रशिक्षक स्टेभिन जरार्डलाई बर्खास्त गरेको थियो। एस्टन भिल्लाले नोभम्बर ६ मा म्यानचेस्टर युनाइटेडलाई आतिथ्यता गर्दैछ।

सो खेल इमिरेका लागि एस्टन भिल्लाको प्रशिक्षकको रुपमा पहिलो खेल हुनेछ। इमिरेले यसअघि सन् २०१८ देखी २०१९ सम्म आर्सनलको प्रशिक्षण सम्हालेका थिए।

उनको प्रशिक्षणमा आर्सनलले प्रिमियर लिगको पाँचौं स्थानमा बस्दै सिजनको अन्त्य गरेको थियो। युरोपा लिगको फाइनल सम्मको यात्रा तय गरेको थियो। फाइनलमा भने उनको टोली चेल्सीसँग पराजित भएको थियो।

आर्सनल छोडेपछि सन् २०२० मा इमिरेले स्पेनिस ला लिगाको क्लब भियारियालको प्रशिक्षण सम्हालेका थिए। इमिरेको प्रशिक्षणमा भियारियालले युरोपा लिग जितेको थियो। त्यस्तै, गत सिजन भियारियालले उनकै प्रशिक्षणमा च्याम्पियन्स लिगको सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ११ : ३५ बजे

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ