म्यान्मारमा सेनाले साँस्कृतिक कार्यक्रममा आक्रमण गर्दा ८० जनाको मृत्यु « Khabarhub

म्यान्मारमा सेनाले साँस्कृतिक कार्यक्रममा आक्रमण गर्दा ८० जनाको मृत्यु


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– म्यान्मारको सेनाले गरेको हवाई आक्रमणमा ८० जनाको मृत्यु भएको छ । मुलुकको उत्तरी भूभागमा सेनाले गरेको हवाई आक्रमणमा अरु १ सय जना घाइते भएको एपीले जनाएको छ ।

उत्तरी म्यान्मारको कचिन राज्यमा सेनाको हवाईजहाजले बम खसालेको स्थानीयहरुले जनाएका छन् । कचिन राज्यमा सक्रिय कचिन इण्डिपेन्डेन्ट आर्मी नामक लडाकु समूहले जनाएअनुसार उक्त समूहले कान्सी गाउँमा आयोजना गरेको साँस्कृतिक कार्यक्रमलाई लक्षित गरी बम हमला भएको हो ।

सो कार्यक्रमलाई लक्षित गरी सेनाले ३ वटा बम खसालेको जनाइएको छ । राज्यमा स्वायत्तताका लागि जारी अभियानको ६२ औँ वार्षिकोत्सवको अवसरमा उक्त साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो ।

सेनाको आक्रमणमा मारिनेमा केही कचिन गायकहरु समेत रहेको जनाइएको छ ।

बीबीसीका अनुसार घाइतेलाई उपचारका लागि नजिकैको ह्पकान्त सहरको अस्पतालमा लैजान खोज्ने मानिसहरुलाई सेनाले बाटैमा रोकेको समेत स्थानीयहरुले आरोप लगाएका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ५ : ०५ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २७ गते शुक्रबार वैशाख

आज २०८२ साल चैत २७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २७ गते शुक्रबार वैशाख

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा