प्रधानमन्त्री देउवाद्वारा नयाँ बेलायती प्रधानमन्त्री सुनकलाई बधाई | Khabarhub Khabarhub

प्रधानमन्त्री देउवाद्वारा नयाँ बेलायती प्रधानमन्त्री सुनकलाई बधाई


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतका नयाँ प्रधानमन्त्री ऋषि सुनकलाई बधाई दिएका छन् । प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्विटरमार्फत् बेलायतका नयाँ प्रधानमन्त्री सुनकलाई बधाई दिएका हुन् ।

‘ऋषि सुनकलाई कन्जरभेटिभ पार्टीको नेता र युकेको अर्को प्रधानमन्त्री चयन भएकोमा न्यानो बधाई दिन चाहन्छु ।’ ट्विटरमा प्रधानमन्त्री देउवाले लेखेका छन्, ‘यो महत्वपूर्ण जिम्मेवारीका लागि उहाँलाई शुभकामना । नेपाल–युकेबीच लामो सम्बन्धलाई अझ अघि बढाउनका लागि उहाँसँग काम गर्न तयार छु ।’

सुनकलाई सोमबारमात्रै बेलायतको कन्जरभेटिभ पार्टीले नयाँ प्रधानमन्त्री चयन गरेको थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ५ : ४७ बजे

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु

युवाशक्तिलाई सीप र उद्यमशीलतासँग जोड्नुपर्छ : मुख्यमन्त्री लामा

बागमती – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले युवाशक्तिलाई सीप

‘गाउँभन्दा शहरको गरिबी भयानक, जहाँ घर जोडिन्छ मन जोडिँदैन’

काठमाडौं– निर्देशक दीपेन्द्र के खनालमाथि एउटा भाष्य बनेको छ– उनीसँग

कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आउनुपर्छ : महासचिव वैद्य

दाङ – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्यले कम्युनिस्ट

फणिराज पाठकले भने : पूर्वराजालाई नजरबन्द गरिएको समाचार झुठो हो

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासमा नजरबन्द गरिएको समाचार