ओएएनएको १८औँ महासभा सम्पन्न « Khabarhub

ओएएनएको १८औँ महासभा सम्पन्न


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

तेहरान -इरानको राजधानी तेहरानमा जारी एसिया–प्रशान्त क्षेत्रका समाचार समितिहरूको सङ्गठन ९ओएएनए० को १८औँ महासभा पाँचबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । महासभाले आज पारित गरेको घोषणापत्रमा गलत समाचार विरुद्ध मुकाबिला गर्न ओएएनएमा आवद्ध मुलुकहरूका समाचार समितिबीचको सहकार्यलाई प्रवद्र्धन गर्ने उल्लेख छ ।

समाचार समितिबाट उत्पादन हुने समाचार तथा रिपोर्टको विश्वसनीयता बढाउने घोषणापत्रमा जनाइएको छ । पाठक, दर्शक र स्रोताको सत्य सूचना पाउने अधिकारप्रति प्रतिबद्धता जनाउँदै ओएएनएमा आवद्ध मुलुकहरूले रिपोर्टमा पेशागत कर्तव्यलाई प्रभावित हुने गरी राजनीतिक विचार प्रवाह नगर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । त्यसैगरी समाचार समितिका जारी गतिविधिलाई अगाडि बढाउन ओएएनएमा आवद्ध मुलुकहरू मिलेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ । समाचार समितिबीचको सहकार्यमा आउन सक्ने अप्ठ्यारालाई न्यूनीकरण गर्न सदस्य मुलुकले सहकार्य गर्ने उल्लेख गरिएको छ ।

अन्तर्राष्ट्रिय मापदण्डलाई स्वीकार्दै विश्वका स्वतन्त्र देशका राष्ट्रिय सार्वभौमिकता तथा भौगोलिक अखण्डतामा चुनौती सिर्जना गर्ने अवस्थाको अपेक्षा नगरिएको घोषणापत्रमा उल्लेख गरिएको छ । त्यसैगरी ओएएनए सदस्य मुलुकका संस्थाबाट भएका निर्णय कार्यान्वयन तथा लक्ष्य प्राप्तिको पुनःप्रतिबद्धता व्यक्त गरिनुका साथै त्यसका लागि व्यक्ति एवं भर्चुअल माध्यमबाट सम्पर्कमा रहने उल्लेख गरिएको छ ।

घोषणापत्रमा कोभिड–१९ले समाचार सङ्कलनमा सीमितता ल्याएको उल्लेख गर्दै सञ्चार माध्यमले पाठक, दर्शक र स्रोतको आवश्यकता परिपूर्ति गर्न समाचार संकलनमा नयाँ प्रविधि र रणनीति अपनाएको उल्लेख गरिएको छ । त्यसैगरी ओएएनए सदस्य मुलुकहरुबीच नयाँ अवस्था र विकासका अनुभव आदानप्रदानलाई निरन्तर जारी राख्ने प्रतिवद्धतासमेत व्यक्त गरिएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  १० : ४८ बजे

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत