विश्वकप फुटबल : रोनाल्डोको कीर्तिमान, पोर्चुगलको विजयी सुरुवात « Khabarhub

विश्वकप फुटबल : रोनाल्डोको कीर्तिमान, पोर्चुगलको विजयी सुरुवात


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा पोर्चुगलले विजयी सुरुआत गरेको छ ।

स्टेडियम ९७४ मा बिहीबार राति भएको खेलमा घानालाई ३–२ गोल अन्तरले हराउँदै पोर्चुगलले विजयी सुरुवात गरेको हो । पोर्चुगललाई जित दिलाउन कप्तान क्रिस्तियानो रोनाल्डो, जोआ फेलिक्स, राफायल लियोले गोल गरे । भने आन्द्रे एयु र ओस्मान बुकारीले घानाका लागि गोल गरे ।

यो खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले कीर्तिमान समेत बनाएका छन् ।रोनाल्डोले लगातार पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाए ।३७ वर्षीय रोनाल्डोले यस अघि २००६, २०१०, २०१४ र २०१८ को विश्वकपमा गोल गरेका थिए ।

 

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  १२ : ०२ बजे

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००