डोल्पा प्रदेश (२) मा माओवादीका शाही निर्वाचित | Khabarhub Khabarhub

डोल्पा प्रदेश (२) मा माओवादीका शाही निर्वाचित


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

डोल्पा – डोल्पा निर्वाचन क्षेत्र (ख) बाट सत्ता गठबन्धन दलका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का वीरबहादुर शाही निर्वाचित भएका छन्।

शाहीले पाँच हजार दुई सय ९५ मत ल्याएर निर्वाचित भएको डोल्पाका मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिएका छन्। उनले नेकपा (एमाले)का धनचन्द्र बैजीलाई सात सय मतले पछि पार्दै जित हासिल गरेका हुन्।

शाहीका निकटतम् प्रतिद्वन्द्वी बैजीले चार हजार पाँच सय ९५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताए। डोल्पा प्रदेश (१) मा भने एमालेका शेरबहादुर बुढा दुई हजार दुई सय ७८ मतान्तरमा चार हजार सात ४३ मत ल्याएर निर्वाचित भए। उनका प्रतिस्पर्धी नेपाल कांगे्रसका दीपेन्द्रबहादुर शाहीले दुई हजार चार सय ६५ मत ल्याए।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  १० : ११ बजे

चालु आर्थिक वर्षमा सेवा क्षेत्र ४.५ प्रतिशतले वृद्धि हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले गरेको तेस्रो मौद्रिक नीतिको समीक्षामा चालु

दूरसञ्चार पूर्वाधारको लागत कम गर्न सहप्रयोगको नीति ल्याउछौँ : मन्त्री शर्मा 

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दूरसञ्चार पूर्वाधारको

मौद्रिक नीतिको समीक्षाप्रति शेयर लगानीकर्ताको धारणा : ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’ 

काठमाडौं– नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको

सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन अन्त्य

काठमाडौं– सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ ।

त्रिशूली थ्री बी हब २२० केभी सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसन उद्घाटन 

पहिरेबेंसी– चिलिमे–त्रिशूली २२० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालिकास्थित