सडकमा आक्रोश पोख्ने ज्ञानेन्द्र शाही अब संसद्‍मा | Khabarhub Khabarhub

राप्रपाका युवा राजनीतिज्ञ

सडकमा आक्रोश पोख्ने ज्ञानेन्द्र शाही अब संसद्‍मा

युट्युबबाट उदाएका चर्को बोल्ने युवाको उदीयमान राजनीतिक यात्रा


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एक समय थियो, ज्ञानेन्द्र शाही केही युट्युबमा चर्को चर्को स्वरमा अन्तर्वार्ता दिन्थे । उनका अन्तर्वार्ता युट्युब लगायत सामाजिक सञ्जालमा भाइरल हुन्थे । ठूला नेतालाई गाली गर्ने । राजनीतिक पद्धतिमाथि प्रश्न उठाउने र तत्कालीन घटनामा खरो टिप्पणी गर्ने उनको व्यक्तित्व ‘भाइरल’ बन्यो ।

कोरोना महामारीमा उनले गरेका काम र नेपालमा एमसीसी परियोजना लागू हुने भएपछि त्यसको विरोध चर्किदा ज्ञानेन्द्र शाही फ्रन्टमा थिए । त्यतिमात्रै होइन, एमसीसीको विरोध गर्न खडा गरिएको डा.सुरेन्द्र भण्डारी नेतृत्वको हामी नेपाली, हाम्रो नेपाल अभियानका कमाण्डर नै उनी भए ।

जसले उनलाई लोभलाग्दो क्रेज दिलायो । सैद्धान्तिकसँगै केही तथ्य र तथ्यांकलाई समेत समेटेर बोल्ने उनको भाषणकला आम सञ्जाल प्रयोगकर्ताले रुचाए । सामाजिक सञ्जालकै प्लार्टफर्मबाट उदाएका उनी बेला बेला निकै विवादमा पनि तानिए ।

चितवनमा आक्रमण भएपछि निकै चर्चामा आएका उनी सुर्खेतमा भएको भौतिक आक्रमणबाट पनि कर्णालीमा चर्चित रहे । विवादले झन् व्यक्तित्व बढाईदिने सामाजिक सञ्जालका कारण उनी चर्चाभन्दा बाहिर रहने ।

मूलधारका सञ्चारमाध्यममा विवादकै कारण ठाउँ पाएका उनले आफ्नो बढ्दो चर्चाकै पृष्ठभूमिमा दलीय राजनीति अंगाले । सुरुदेखि नै राजावादी पृष्ठभूमिका व्यक्तिहरुको छत्रछायामा रहेका उनले राप्रपा रोजे । राप्रपा प्रवेश गरेपछि नयाँ अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई प्रवक्ताको जिम्मा दिए ।

राप्रपाको प्रवक्ताको जिम्मेवारी पाएपछि ज्ञानेन्द्र शाही राजनीतिक रुपमा बलियो भएका थिए । उनले राप्रपाकै प्रवक्ताका हैसियतमा धेरै ठाउँमा चुनावी सभा पनि गरे । जहाँ उनलाई राजनीतिक उचाई दिलाइयो । यसैकारण उनको उदय सडकबाट राजनीतिक मञ्चमा बढुवा भयो ।

युट्युबरसामु चर्को कुरा गर्ने उनले त्यह प्लार्टफर्मका कारण ठूला मञ्च पाउन थाले । उनका कार्यक्रममा राप्रपा र आम सर्वसाधारण भरिन थाले । यसले उनलाई हौसला दियो । एक उदाउँदो चर्को स्वर भएको युवा पाएपछि राप्रपा पनि हौसियो ।

फलस्वरुप उनलाई जुम्लाबाट प्रतिनिधिसभा सदस्यका लागि टिकट दिइयो । कतिपयले उनलाई जित्दैन भन्ने थिए । जम्माजम्मी पाँच सय कार्यकर्ता भएको ठाउँबाट उनले कसरी जित्न सक्छन् ? भन्ने आम प्रश्न थियो ।

तर चर्को स्वरले एजेन्डा उठाउने उनले जुम्ली जनताको मन जिते । उनले आयोजना गर्ने सभाहरुमा धेरै मानिसहरुको भीडभाड बढायो । त्यसले झन् उनलाई चर्चा र हौसला दिलायो । परिणामस्वरुप उनले राप्रपाबाट जुम्लामा प्रतिनिधिसभा सदस्यका लागि उम्मेद्वारी दर्ता गरे ।

उनको उम्मेद्वारीले माओवादी, एमाले र कांग्रेस उम्मेद्वार झस्केका थिए । तर उनले जित्छन् भन्ने अनुमान गरिएको थिएन । यद्यपी काठमाडौँमा विभिन्न स्रोत सम्पर्क सुत्रले ज्ञानेन्द्र शाहीले चुनाव जित्ने आँकलन गरेका थिए ।

अन्ततः देशमा आएका युवा र स्वतन्त्र उम्मेद्वारको लहरले ज्ञानेन्द्र शाहीलाई जुम्लाबाट चुनाव जितायो । यो जितले अब सडकमा गर्जिने ज्ञानेन्द्र शाहीलाई सिधा केन्द्रीय संसद्मा पुर्याएको छ । युवा जोशमै संसद्मा पुगेका उनले अब नेपाली राजनीतिको एउटा नयाँ अध्यायका महत्वपूर्ण पात्रका रुपमा गनिएका छन् ।

यसले उनलाई जुन राजनीतिक उचाई दिएको छ, त्यत्तिकै ठूलो जिम्मेवारी पनि दिएको छ । अब ज्ञानेन्द्र शाहीले सडकमा उठाउने आवाज संसदमा उठाउनेछन् । त्यो भन्दा ठूलो कुरा धेरै कुराले पछाडि परेको कर्णालीको आवाज केन्द्रीय संसदमा उठाउनेछन् । कतिपय राजनीतिक एजेन्डा र कतिपय सामाजिक संरचनाकाबारेमा उनले युवाको प्रतिनिधित्व गर्दै संसदमा गर्जन छाड्ने आँकलन गर्न सकिन्छ ।

यो पनि पढ्नुहोस्ः

राप्रपाका ज्ञानेन्द्र शाही बने सांसद, जुम्लाबाट विजयी

 

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ११ : ४२ बजे

भाँगो र आलुसँग चामल साट्दै रमुवाका बासिन्दा

बागलुङ– बागलुङको उच्च पहाडी क्षेत्रमा पर्ने रमुवा गाउँ आलुखेतीका लागि

भेरी करिडोरका निर्माणाधीन पुलको अनुगमन

सुर्खेत– कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले

२१४ विद्यार्थीलाई छात्रवृत्ति

स्याङ्जा– स्याङ्जाको गल्याङ नगरपालिकाले आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययनबाट

संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन

सिन्धुपाल्चोक– संसद्को पूर्वाधार विकास समिति अन्तर्गतको खानेपानी उपसमितिले राष्ट्रिय गौरवको

प्रधानमन्त्रीले कांग्रेस नेताहरुसँग छलफल गर्दै

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका नेताहरुसँग छलफल सुरु गरेका