'देश विकासको पहिलो आधार सुशासन' | Khabarhub Khabarhub

‘देश विकासको पहिलो आधार सुशासन’


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले मुलुकको विकासका लागि सुशासनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । सुशासनबिना मुलुकको विकास हुन नसक्ने भन्दै उनले नेपाली कांग्रेसले सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

मोरङ निर्वाचन क्षेत्र नं ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उनले भने, ‘देशभर मतगणना चलिरहेको छ, अहिले नै के हुन्छ भनेर आँकलन गर्नु उचित हुँदैन ।’ उनले मुलुकको शासन सञ्चालनमा युवापुस्ताको उर्जासँगै अनुभवी प्रतिनिधि पनि आवश्यक हुने बताए । 

बुवा स्व। केशवप्रसाद कोइराला र आमा नोना कोइरालाको कोखबाट २००७ भदौ ९ मा विराटनगरमा जन्मिएका उनले अखिल भारतीय आयुर्विज्ञान संस्थान नयाँ दिल्ली, भारतबाट एमडी अध्ययन पूरा गरेका छन् । राजनीतिक यात्रा सुरु गर्नु अघि चिकित्सक पेसामा आबद्ध उनी प्रजातन्त्र प्राप्तिको आन्दोलनमा शाहीकालमा प्रहरी पहरा गण काठमाडौँमा तीन महिना थुनामा बसेका थिए ।

नेविसङ्घको स्थापनाकाल २०२७ सालमा महेन्द्र मोरङ क्याम्पसबाट विद्यार्थी राजनीतिमा आबद्ध भएका डा कोइराला २०२८ सालमादेखि पार्टी सदस्यता लिएर सक्रिय राजनीति सुरु गरेका थिए । नेपाली कांग्रेसको ११औँ, १२औँ१३औँ महाधिवेशनसम्म केन्द्रीय सदस्यमा निर्वाचित भएका उनी  १४औँ महाधिवेशनमा शेरबहादुर देउवासँग सभापति पदका लागि लडेका थिए । 

विसं २०६५ मा भएको संविधानसभा सदस्यको उपनिर्वाचनमा मोरङबाट निर्वाचित डा कोइराला २०७० मा पनि निर्वाचित भएका थिए । कोइराला २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले)का लालबाबु पण्डितसँग पराजित भए पनि यो निर्वाचनमा पण्डितसँग १२ हजारभन्दा बढी मतान्तरका साथ विजयी भएका हुन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ५ : ०७ बजे

सुशासनका लागि स्थायी सरकार आवश्यक : सभापति खतिवडा

पाटन– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सुशासनका

नयाँदिल्ली हुँदै खाडीमुलुक जान लागेका पाँच जना नियन्त्रणमा

वीरगञ्ज– सशस्त्र प्रहरी बल नेपाल पर्साले अवैधरूपमा भारतीय नाका हुँदै

एमालेलाई आत्मसमीक्षा गर्न सुझाउँदै प्रकाश पौडेल भन्छन्- भोलि ‘मरेँ मरेँ’ भन्दा पनि कार्यकर्ताले साथ नदेलान्

काठमाडौं- अनेरास्ववियुको २४ औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार प्रकाश पौडेलले

उदयपुरमा एक जना मृत फेला

उदयपुर– त्रियुगा नगरपालिका-११ गाईघाट बजारस्थित अपाच क्याफेमा काम गर्ने सोही नगरपालिका-१३ असारी

सुदूरपश्चिमका वनमन्त्री चौधरीलाई राजीनामा दिन मुख्यमन्त्रीको निर्देशन

धनगढी– सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर