दलप्रति वितृष्णा बढ्यो : राजमो अध्यक्ष केसी « Khabarhub

दलप्रति वितृष्णा बढ्यो : राजमो अध्यक्ष केसी


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य चित्रबहादुर केसीले अझै पनि देशमा लोकतन्त्र स्थीर नभएको टिप्पणी गरेका छन् । केसीले मङ्सिर चारमा सम्पन्न निर्वाचनमा स्पष्ट बहुमत कसैले ल्याउने सङ्केत नदेखिएकाले दलप्रति नागरिकको वितृष्णा जाग्दै गएको बताए ।

आज मुख्य निर्वाचन कार्यालय बागलुङले आयोजना गरेको नवनिर्वाचित प्रतिनिधि तथा प्रदेशसभा सदस्यलाई प्रमाणपत्र वितरण कार्यक्रममा नेता केसीले स्थायी सरकार बन्ने वातावरण आफूले नदेखेको बताउँदै लोकतन्त्र खतरा मुक्त नभएको बताए ।

उनले अहिलेको चुनाव निकै खर्चिलो भएको टिप्पणी गर्दै अबका दिनमा चुनाव लड्न सक्ने अवस्था नरेहेको बताए । उनले आफूलाई निर्वाचित बनाउने बागलुङका जनतालाई धन्यवाद दिँदै बागलुङको विकासमा आफूले सक्दो भूमिका खेल्ने बताए ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ५ : १० बजे

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना