गाउँगाउँमा पुगेको सिंहदरबार उल्ट्याउन दिइन्न : अध्यक्ष दाहाल « Khabarhub

गाउँगाउँमा पुगेको सिंहदरबार उल्ट्याउन दिइन्न : अध्यक्ष दाहाल


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

गोरखा- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गाउँगाउँमा पुगेको सिंहदरबारको अधिकार उल्ट्याउने चेस्टालाई कुनै पनि हालतमा पूरा हुन नदिने बताएका छन् । गोरखा सदरमुकाममा आज आयोजित वाम-लोकतान्त्रिक गठबन्धनको धन्यवादसभामा उनले झण्डै ७५ वर्ष लामो सङ्र्घषबाट प्राप्त लोकतान्त्रिक अधिकारलाई खोस्न नदिइने बताए ।

देश दुर्घटनातिर जाने होकी भन्ने आशङ्का यतिबेला सबैमा पैदा भएको भन्दै अध्यक्ष दाहालले अब राजनीतिक नेतृत्वले फरक ढङ्गबाट गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको बताए । ‘राजनीतिक दलका नेतालाई गाली गर्ने स्थिति सहन सकिन्थ्यो’, उनले भने, ‘देश भूमरीमा पर्ने स्थिति स्वीकार्य छैन ।’

उनले निर्वाचन सफल भए पनि गठबन्धनमा अपेक्षा गरेअनुसार परिणाम नआएको उल्लेख गरे। अध्यक्ष दाहालले निर्वाचनका बेला आएर आफूले गरेको प्रतिबद्धता पूरा गरेरै छाड्ने बताए। उनले भने, ‘मैले गोरखामा आएर उम्मेदवारी दिँदै गर्दा विभिन्न समयमा जनताको अगाडि गरेका कबुल पूरा गर्नेछु । सुशासन र समृद्धि राजनीतिक परिवर्तनको दिगोपनका लागि नयाँ काम थाल्नेछु ।’

अध्यक्ष दाहालले गोर्खाली जनताले मत दिएर फेरि सिंहदरबार प्रवेश गर्दै गर्दा आफूलाई नयाँ जिम्मेवारी र गौरव अनुभूति भएको बताए । ‘गोर्खाली जनताले दिएको जिम्मालाई मैले आफ्नो जीवनको अन्तिम अवसरमा रुपमा लिएको छु’, उनले भने, ‘मैले आफ्नो सम्पूर्ण तागत विकास, समृद्धि र सुशासनको अभियान खर्च गर्नेछु ।’

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ६ : ०६ बजे

‘फागुन २१ को निर्वाचनबाट देश ट्रयाकमा आउँछ भन्ने ग्यारेन्टी छैन’

२१ फागुनको निर्वाचनसम्म पनि देश पुग्छ कि पुग्दैन ? पुगे

दलहरूलाई रेखाको चुनौती, ‘जेन–जीका माग सम्बोधन गर्ने घोषणापत्र छ ?

काठमाडौं – नायिका तथा नेतृ रेखा थापाले सार्वजनिक रूपमा दलहरूमाथि

स्वास्थ्य बीमा सेवामा अनावश्यक रिफर गर्ने संस्थालाई कारबाही गर्ने बोर्डको चेतावनी 

काठमाडौं– नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य बीमा बोर्डले

धनुषा पुगेर सभापति थापाको आह्वान, ‘अबको पाँच वर्ष कांग्रेसलाई सरकार चलाउन दिनुस्’

धनुषा– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नयाँ सोच र दृष्टिसहित

कम्युनिष्ट एकताबाट प्रचण्ड भाग्दैछन् : विप्लव

काठमाडौं– नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिष्ट एकताबाट आफूहरू