तीन मिनेटमा दुई गोल गर्दै इरानले वेल्सलाई हरायो « Khabarhub

कतार विश्वकप फूटबल

तीन मिनेटमा दुई गोल गर्दै इरानले वेल्सलाई हरायो


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : कतार विश्वकप फूटबलमा इरानले वेल्सलाई हराएको छ । शुक्रबार साँझ अहमद बिन अली रंगशालामा भएको समूह बी अन्तर्गतको खेलमा इरानले १० खेलाडीमा सीमित वेल्सलाई अन्तिम अतिरिक्त समयमा तीन मिनेटमा दुई गोल गर्दै २–० गोलले पराजित गरेको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो । थप गरिएको झण्डै १२ मिनेटको समयमा इरानले नाटकीय फूटबल खेल्यो । त्यसमा पनि उसले तीन मिनेटमा दुई गोल गरेको हो ।

इरानलाई जिताउन जित दिलाउन रोजवेह चेस्मी र रामिन रेजाइनले गोल गरे । इरानले ​चेस्मी र रामिज दुवैले इरानका लागि दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका हुन् ।

चेस्मीले ९८ र रेजाइनले १०१ औँ मिनेटमा गोल गरेका हुन् । त्यसअघि ८६ औँ मिनेटमा वेल्सका गोलरक्षक वायन हेनेसीले रातो कार्ड खाएर मैदानबाट बाहिरिएका थिए । जसकारण वेल्स १० खेलाडीमा सीमित भयो । तर उसले निर्धारित ९० मिनेट र अतिरिक्त ७ मिनेट खेल नियन्त्रणमै राखेको थियो । तर अन्तिम ५ मिनेट सम्हालिन नसक्दा वेल्स पराजित भयो ।

इरानको यो पहिलो जित हो । यसअघि इरान इंग्ल्याण्डसँग ६–२ गोल अन्तरले पराजित भएको थियो भने वेल्सले अमेरिकासँग बराबरी खेलेको थियो । आजको हारपछि वेल्स समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ६ : ५६ बजे

साफ महिला क्लब च्याम्पियनसिप : उद्घाटन खेल बराबरीमा सकियो

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आजदेखि काठमाडौंको त्रिपुरेश्वरस्थित

सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु

खोटाङ– सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज

एनपिएलः ‘प्लेअफ’ को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ?

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज लिग चरणको २५औँ खेल

ललितपुर महानगरद्वारा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सम्मानित

काठमाडौं– २२औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस विभिन्न कार्यक्रमको

जनकपुरले टस जितेर पहिले ब्याटिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा आज एकमात्र खेल हुँदैछ ।