तीन मिनेटमा दुई गोल गर्दै इरानले वेल्सलाई हरायो « Khabarhub

कतार विश्वकप फूटबल

तीन मिनेटमा दुई गोल गर्दै इरानले वेल्सलाई हरायो


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : कतार विश्वकप फूटबलमा इरानले वेल्सलाई हराएको छ । शुक्रबार साँझ अहमद बिन अली रंगशालामा भएको समूह बी अन्तर्गतको खेलमा इरानले १० खेलाडीमा सीमित वेल्सलाई अन्तिम अतिरिक्त समयमा तीन मिनेटमा दुई गोल गर्दै २–० गोलले पराजित गरेको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो । थप गरिएको झण्डै १२ मिनेटको समयमा इरानले नाटकीय फूटबल खेल्यो । त्यसमा पनि उसले तीन मिनेटमा दुई गोल गरेको हो ।

इरानलाई जिताउन जित दिलाउन रोजवेह चेस्मी र रामिन रेजाइनले गोल गरे । इरानले ​चेस्मी र रामिज दुवैले इरानका लागि दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका हुन् ।

चेस्मीले ९८ र रेजाइनले १०१ औँ मिनेटमा गोल गरेका हुन् । त्यसअघि ८६ औँ मिनेटमा वेल्सका गोलरक्षक वायन हेनेसीले रातो कार्ड खाएर मैदानबाट बाहिरिएका थिए । जसकारण वेल्स १० खेलाडीमा सीमित भयो । तर उसले निर्धारित ९० मिनेट र अतिरिक्त ७ मिनेट खेल नियन्त्रणमै राखेको थियो । तर अन्तिम ५ मिनेट सम्हालिन नसक्दा वेल्स पराजित भयो ।

इरानको यो पहिलो जित हो । यसअघि इरान इंग्ल्याण्डसँग ६–२ गोल अन्तरले पराजित भएको थियो भने वेल्सले अमेरिकासँग बराबरी खेलेको थियो । आजको हारपछि वेल्स समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ६ : ५६ बजे

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध, पन्छाउन समय लाग्ने

काठमाडौँ – मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै पहिरो खस्दा सडक

वस्तु खरिद-बिक्रीमा अनिवार्य बिल लिन-दिन सरकारको ताकेता

काठमाडौँ – आन्तरिक राजस्व विभागले वस्तु तथा सेवाको खरिद–बिक्री गर्दा