बाजुरा घटनामा आयोगको अनुसन्धान सुरु « Khabarhub

बाजुरा घटनामा आयोगको अनुसन्धान सुरु


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय मानवअधिकार आयोगले बाजुरा जिल्लामा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको निर्वाचनको क्रममा दुई व्यक्तिको मृत्यु भएको घटनामा अनुसन्धान सुरू गरेको छ ।

आयोगका डा टीकाराम पोखरेलका अनुसार यही मङ्सिर ४ गते दुई जनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धान सुरु गरिएको र अनुसन्धानका लागि सहयोग गर्न आग्रह गरे । घटनाको बारेमा स्थलगत छानबिन तथा अनुसन्धान गर्न आयोगका उपसचिवको नेतृत्वमा केन्द्रीय कार्यालयका अधिकृत सम्मिलित एक टोली उक्त स्थानतर्फ प्रस्थान गरेको छ ।

आयोगले अनुसन्धान गर्न गएको टोलीलाई आवश्यक सहयोग गर्न स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दलहरू, नागरिक समाज, मानव अधिकारकर्मी, पीडित तथा पीडित परिवार र सर्वसाधारण सबैसँग अनुरोध  गरेको छ ।

मतदानको दिन त्रिवेणी नगरपालिका-७ स्थित दम्था मतदानस्थलमा एक जना स्थानीयले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप भएपछि प्रहरीले फायरिङ गरेको थियो । त्यसक्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर सञ्जिव अएडीको मृत्यु भएको थियो ।

सोही घटनामा चेतन अएडीको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । उक्त घटनापछि मतदान रोकिएको थियो । अहिलेसम्म पनि पुनः मतदान भएको छैन ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ७ : १२ बजे

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना