नेपाली पात्रोमा 'अद्भूत रेडियो' को सुविधा थपियो | Khabarhub Khabarhub

नेपाली पात्रोमा ‘अद्भूत रेडियो’ को सुविधा थपियो


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालको लोकप्रिय एप नेपाली पात्रोले ‘अद्भूत रेडियो’ को नयाँ अपडेट सार्वजनिक गरेको छ ।

एण्ड्रोइड र आईओएस दुबै माध्यममा उपलब्ध यो अपडेटले देशभर र देश बाहिरबाट संचालन हुने नेपाली रेडियोहरुलाई समेट्ने नेपाली पात्रोले जनाएको छ । यस अपडेटमार्फत् उक्त एपले रेडियोमा केही अद्भूत र अहिलेसम्म प्रयोग नभएका केही नवीन र स्मार्ट सुविधा समेत समेटेको जनाएको छ ।

‘हामी हाम्रा नेपाली पात्रो प्रयोगकर्ता र नेपाली पात्रोमा रहेको रेडियोलाई अझै स्मार्ट, अझै अद्भूत र विविध उपयोगी सुविधा समेटेर अद्भूत रेडियो सार्वजनिक गरेका छौं । यसमा स्रोताहरुले नेपाली पात्रोमा रहेको आफूलाई मनपर्ने रेडियोलाई सुन्दा त्यही त्यस रेडियोको आधिकारीक अनलाइन समाचारका हेडलाइनहरु पनि देख्न सक्नुहुनेछ ।’ नेपाली पात्राले विज्ञप्ति जारी गर्दै जनाएको छ ।

नेपाली पात्राका अनुसार ती समाचारहरुलाई विभिन्न सामाजिक सञ्जालहरुमा सेयर गर्न पनि मिल्छ । यस रेडियो अपडेट बाहेक अहिले नेपाली पात्रोमा विश्वकप फुटबलको स्कोर अपडेट, सहभागी टोली, अंक तालिका, लाइनअप, हरेक खेलको स्ट्याट र लाइभ टेक्स्ट कमेन्ट्रि सहितको सुविधा पनि समावेश गरेको छ भने यस एपमा आम निर्वाचन २०७९ को मतगणनाको लाइभ अपडेट पनि हेर्न सकिन्छ ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ७ : १७ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु