उदयपुर-१ (२) मा कांग्रेसका कार्की निर्वाचित « Khabarhub

उदयपुर-१ (२) मा कांग्रेसका कार्की निर्वाचित


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

कटारी– उदयपुर–१ (२) मा नेपाली कांग्रेसका हिमाल कार्की निर्वाचित भएका छन् । आज साँझ सम्पन्न मतगणनाअनुसार कार्कीले नेकपा (एमाले) का ईश्वरमणि राउतलाई दुई सय १५ मतान्तरले पराजित गरे ।

कार्कीले १४ हजार नौ सय ७९ मत पाउँदा राउतले १४ हजार सात  सय ६४ मत पाए । दुई  हजार नौ सय १० मत पाउँदै राप्रपाका ज्ञानबहादुर राईले तेस्रो स्थान हासिल गरे। यस प्रदेशसभामा ३७ हजार छ सय ८५ मत खसेको थियो ।

कार्की यसै क्षेत्रबाट विसं २०७४ मा पनि निर्वाचित भएका थिए । यसपटक सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कार्की प्रदेश नं १  सरकारका सडक पूर्वाधार तथा शहरी विकासमन्त्री थिए । उनी कांग्रेसका उदयपुर जिल्ला सभापति हुन्।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ७ : ३३ बजे

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना