व्यक्ति वा सम्बन्ध राष्ट्रभन्दा माथि हुँदैन : नरेन्द्र मोदी « Khabarhub

व्यक्ति वा सम्बन्ध राष्ट्रभन्दा माथि हुँदैन : नरेन्द्र मोदी


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘कुनै पनि व्यक्ति वा सम्बन्ध राष्ट्रभन्दा माथि नहुने’ बताएका छन् । लाचित बोरफुकानको ४०० औँ जन्मजयन्तीको समापन समारोहलाई आज नयाँ दिल्लीमा सम्बोधन गर्दै उहाँले सो कुरा बताएका हुन् ।

लाचित बोरफुकनको जीवनको उदाहरण दिँदै उनले बोरफुकनको जीवनले हामीलाई नातावाद र वंशवादको सट्टा ‘राष्ट्र पहिलो’ को मन्त्रमा बाँच्न प्रेरित गरेको छ ।उक्त अवसरमा प्रधानमन्त्री मोदीले ‘लाचित बोरफुकान– आसामका नायक हू हल्ट द मुगल्स’ नामक पुस्तकको पनि विमोचन गर्नुभएको थियो ।

आसामको अहोम साम्राज्यको शाही सेनाका प्रसिद्ध जनरल लाचित बोरफुकानको ४०० औं जन्मजयन्तीको सम्मानमा नोभेम्बर २५ मा आयोजित कार्यक्रममा उनले भने , “बोरफुकानले मुगलहरूलाई परास्त गर्नुभयो र औरङ्गजेबको अधीनमा मुगलहरूको बढ्दो महत्वाकांक्षालाई सफलतापूर्वक रोक्न सफल हुनुभयो ।”

भारतीय प्रधानमन्त्री मोदीले वीर लाचित जस्ता वीर पुत्रहरू दिने आसामको भूमिप्रति आफ्नो सम्मान व्यक्त गर्दै भने, “हामी वीर लाचित बोरफुकनलाई उनको ४०० औं जन्मजयन्तीमा नमन गर्दछौं । उहाँले आसामको संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।”

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ९ : ५५ बजे

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी