व्यक्ति वा सम्बन्ध राष्ट्रभन्दा माथि हुँदैन : नरेन्द्र मोदी « Khabarhub

व्यक्ति वा सम्बन्ध राष्ट्रभन्दा माथि हुँदैन : नरेन्द्र मोदी


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘कुनै पनि व्यक्ति वा सम्बन्ध राष्ट्रभन्दा माथि नहुने’ बताएका छन् । लाचित बोरफुकानको ४०० औँ जन्मजयन्तीको समापन समारोहलाई आज नयाँ दिल्लीमा सम्बोधन गर्दै उहाँले सो कुरा बताएका हुन् ।

लाचित बोरफुकनको जीवनको उदाहरण दिँदै उनले बोरफुकनको जीवनले हामीलाई नातावाद र वंशवादको सट्टा ‘राष्ट्र पहिलो’ को मन्त्रमा बाँच्न प्रेरित गरेको छ ।उक्त अवसरमा प्रधानमन्त्री मोदीले ‘लाचित बोरफुकान– आसामका नायक हू हल्ट द मुगल्स’ नामक पुस्तकको पनि विमोचन गर्नुभएको थियो ।

आसामको अहोम साम्राज्यको शाही सेनाका प्रसिद्ध जनरल लाचित बोरफुकानको ४०० औं जन्मजयन्तीको सम्मानमा नोभेम्बर २५ मा आयोजित कार्यक्रममा उनले भने , “बोरफुकानले मुगलहरूलाई परास्त गर्नुभयो र औरङ्गजेबको अधीनमा मुगलहरूको बढ्दो महत्वाकांक्षालाई सफलतापूर्वक रोक्न सफल हुनुभयो ।”

भारतीय प्रधानमन्त्री मोदीले वीर लाचित जस्ता वीर पुत्रहरू दिने आसामको भूमिप्रति आफ्नो सम्मान व्यक्त गर्दै भने, “हामी वीर लाचित बोरफुकनलाई उनको ४०० औं जन्मजयन्तीमा नमन गर्दछौं । उहाँले आसामको संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।”

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ९ : ५५ बजे

सुदूरपश्चिम प्रदेशसभाको बैठकमा नाउपाका सांसद अनुपस्थित

काठमाडौँ- मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान

सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु, मुख्यमन्त्री रावलले पाउलान् त विश्वासको मत ?

काठमाडौँ- सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी

‘स्वस्थ पाँचखाल’ अभियानका लागि पालिकाद्वारा धुलिखेल अस्पतालसँग सहकार्य

काठमाडौँ- पाँचखाल नगरपालिकालाई ‘स्वस्थ पाँचखाल’ बनाउन पालिकाले काभ्रेको धुलिखेल अस्पतालसँग

व्यवस्था लागू नगरी संविधानलाई दोष दिनु हुँदैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रणाली र संविधान जनताको