विश्वकप फुटबल : नेदरल्यान्ड्स र इक्वेडरकाे बराबरी « Khabarhub

विश्वकप फुटबल : नेदरल्यान्ड्स र इक्वेडरकाे बराबरी


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा नेदरल्यान्ड्स र इक्वेडरले बराबरी खेलेका छन् । खालिफा अन्तराष्ट्रिय स्टेडियममा शुक्रबार राति भएको खेलमा नेदरल्यान्ड्स र इक्वेडरले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलको छैटौं मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए । तर खेलको ४९ औं मिनेटमा इनर भ्यालेन्सियाले गोल गर्दै इक्वेडरलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीले गोल गर्ने सुन्दर अवसर बनाएपछि सदुपयोग भने गर्न सकेनन् ।

बराबरीसँगै नेदरल्यान्ड्स २ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । इक्वेडर ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

नेदरल्यान्ड्सले पहिलो खेलमा सेनेगललाई २–० ले हराएको थियो । भने इक्वेडरले आयोजक कतारलाई २–० ले नै हराएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ११ : ५७ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस