ठमेलमा क्रिसमसको रौनक « Khabarhub

ठमेलमा क्रिसमसको रौनक


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इसाई धर्माबलम्बीहरूको पर्व ‘क्रिसमस डे’को पूर्वसन्ध्यामा पर्यटकीय गन्तव्य ठमेलमा रौनक छाएको छ।

इसाई धर्मावलम्बीले खुसीयाली, उपहार र शुभकामना साटासाट गरी मनाउने यो पर्वको पूर्वसन्ध्यामा आज साँझ काठमाडौँको ठमेलमा रौनक छाएको हो। इसाई धर्माबलम्बीले जिसस क्राइस्ट जन्मिएको दिनलाई ‘क्रिसमस डे’का रूपमा मनाउने गर्दछन्।

डिसेम्बर २५ तारिखमा पर्ने इसाई धर्मावलम्बीको प्रमुख चाड क्रिसमस मनाउन अघिल्लो दिन राति ‘क्रिसमस इभ’ मनाउने चलन छ।

ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव धमलाले क्रिसमसको अवसरमा ठमेल क्षेत्रमा भीडभाड बढेको बताए।

“क्रिसमस डेमा हुने भीडभाडलाई मध्यनजर गरी ठमेलभित्र छिर्ने सवारीसाधनलाई शनिबार साँझ ७ बजेदेखि भोलि बिहान ५ बजेसम्मका लागि बन्द गरेका छौँ”, उनले भने।

क्रिसमसको अवसरमा ठमेल क्षेत्रका होटल ७० प्रतिशतभन्दा बढी भरिएको उपाध्यक्ष धमलाको भनाइ छ। यस्तै आज राति सुरक्षा व्यवस्थासमेत कडा बनाइएको छ। ठमेलमा विदेशी तथा क्रिश्चियन धर्मावलम्बीको भीडभन्दा पनि नेपाली युवायुवतीको भीड बढी भएको धमलाले बताए।

क्रिसमस आउन सुरु हुनुभन्दा एक हप्ता पहिलेदेखि नै होटल तथा सपिङ सेन्टरमा ‘क्रिसमस ट्री’ सजाएर राखिएको छ। काठमाडौँका ठमेलबाहेक दरबारमार्ग, पुतलीसडक, झम्सिखेल, लाजिम्पाट, नक्साल, बानेश्वरआदि स्थानका होटल, सपिङ मल तथा रेस्टुराँमा क्रिसमस इभलक्षित विभिन्न कार्यक्रमसमेत आयोजना गरिएका छन्।

डिसेम्बर २५ लाई जिसस क्राइस्टको जन्मदिन मानिन्छ। यही दिन क्रिसमस मनाइन्छ। सन् ३५० देखि यो चाड मनाउन सुरु भएको पाइन्छ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ६ : १५ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल