अन्तरिक्ष अध्ययनको अनुसन्धान नयाँ चरणमा | Khabarhub Khabarhub

अन्तरिक्ष अध्ययनको अनुसन्धान नयाँ चरणमा

रुस, भारत, अमेरिका र युरोपले फेरि फरक-फरक यान पठाउँदै


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सन् २०२३ मा रुस र युरोपियन स्पेस एजेन्सी होइन, भारतले पनि चन्द्रमामा आफ्नो यान पठाउँदै छ। यत्ति मात्र होइन, सन् २०२३ को अध्ययनबाट प्राप्त उपलब्धिलाई आधार मान्दै अझ धेरै लामो अध्ययन र अन्वेषणको प्रयासमा यिनीहरू लाग्न सक्ने छन्।

जुन २०२३ मा भारतले चन्द्र यान ३ चन्द्रमातर्फ पठाउँदैछ। जुलाई २०२३ मा रुसले लुना २५ पठाउने भएको छ। यो यान चन्द्रमाको दक्षिणी गोलार्धमा पठाइँदै छ। स्पेस एक्सले जापानका अर्बपति युसाका मेजावासहित अन्य ८ जनालाई लिएर डियर मुन भोयजन त्यसतर्फ जाने छ। सो यान २०२३ को अन्त्यमा त्यसतर्फ जाने छ। एक सय जना यात्रु बोक्न सक्ने स्टार सीपको यो पहिलो यान हो। नासाले पनि त्यसै वर्ष पठाउँदैछ। सन् २०२४ मा पठाउने हो। तथापि यसको तयारी २०२३ मा लगभग सकिने छ।

आर्टेमिस दोस्रो नाम रहेको सो यानले चन्द्रको कक्षको समेत अध्ययन गर्ने छ। नासाले नै सन् २०२५ र २०२६ मा फरी आर्टेमीस तेस्रो पठाउने छ। यो पठाएसँगै ‘कलर्ड’ महिला पनि पहिलो पटक अमेरिकी पुग्ने छिन्। सन् १९७२ मा एपोलो मिसनपछि यो नै पहिलो पटक मान्छे मानिस चन्द्रमामा टेकेको कीर्तिमान पनि रहने छ। चीन भने यो सवालमा धेरै पछि परेको छ। सन् १९३५ मा यान पठाउने घोषणा गरेको चीनले यसका लागि कुनै टाइमलाइन भने तयार पारेको छैन।

अमेरिकाको हवार्डस्मिथ सोनीयन केन्द्रका खगोल शास्त्री डा. म्याकडोयले संसारमा शक्ति राष्ट्रले चन्द्रमा सम्बन्धी अध्ययनलाई अझ अगाडी बढाउने कुरामा बढी चासो देखिएको बताउँछन्। यी देशहरू भविष्यमा आफ्नो उपस्थिति समेत चन्द्रमामा देख्न चाहन्छन्। पछिल्लो समय चन्द्रमा र अन्तरिक्ष सम्बन्धी अध्ययनको विषयमा अमेरिकाले अन्य शक्ति राष्ट्रलाई धेरै नै पछि छाडेको छ।

सन् २०२८ सम्म यसका लागि कुनै काम नहुने भएको छ। त्यसो त सन् २०२३ मै चीनले पनि अन्तरिक्ष सम्बन्धी अभियान ल्याएको छ।

प्रविधिको उच्च तहको परीक्षण गर्नका लागि चन्द्रमा अझै महत्वपूर्ण हुने उनको मत छ। पोट्रसमाउथ विश्वविद्यालयकी प्राध्यापक लुसकन्डा किङ चन्द्रमामा इन्धनको पत्ता लागी सकेको समेत जानकारी गराउँछिन्। ‘यो थाहा भइसकेको छकी, दक्षिणी ध्रुवमा पानीको श्रोत छ ’डा किङले भनिन् ‘ यसलाई छुट्टाएर हाइड्रोजन र अक्सिजनको रूपमा अपयोग गर्न सकिन्छ। मङ्गल ग्रहको अध्ययनका लागि समेत यसलाई प्रयोग गर्न सकिने छ।

नासाले सन् २०२३ को गृष्ममा नै १६ साइ नामक अर्को यान पठाउने छ। सौर्य मण्डलमा धेरै अघिदेखि रहेको केही तथ्यका बारे खोज गर्ने छ। अन्तरिक्ष र तथा पृथ्वी बाहेक अन्य ग्रहको अवस्थाको बारेमा यसले थप रहस्य पत्ता लगाउने छ। युरोपेली अन्तरिक्ष एजेन्सी इसालाई २२ देशले साथ दिइरहेका छन्।

यसले सन् २०२३ को अप्रिलमा जपिटर आइसी मूल एक्सप्लोरर (जुस) पठाउने छ। रुसले युक्रेनमा आक्रमण गरे पछि ईसाले रुसी यानको प्रयोग नगर्ने पक्का भएको छ। यसले स्पेस एक्स फाल्कन ९ रकेट प्रयोग गर्ने छ।

ईसाले रुससँगको एक्सपो मार्सको परियोजनामा समेत तत्कालका लागि रोक लगाएको छ। सन् २०२८ सम्म यसका लागि कुनै काम नहुने भएको छ। त्यसो त सन् २०२३ मै चीनले पनि अन्तरिक्ष सम्बन्धी अभियान ल्याएको छ। तर, यो अन्य परियोजना भन्दा फितलो र कम प्रभावशाली छ। चन्द्रमा र ब्ल्याक होलको चित्र लिनका लागि चीनले एउटा दूरबिन पृथ्वीको कक्षको तल्लो भागसम्म पठाउने छ।

डा. म्याकडोय पछिल्लो समय यी सबै अध्ययनका एउटा साझा उद्देश्य भनेको मङ्गलको अध्ययनलाई अझ बढी प्रभावकारी बनाउने पनि हो। उनको अनुसार, अमेरिका, बेलायत र अन्य युरोपेली राष्ट्रको माझमा भारत पनि शक्ति राष्ट्रको रूपमा स्थापित हुँदै छ। म्याकडोयकै अनुसार धेरै देशले भविष्य जस्तो भए पनि धेरै देश अहिले पछि पर्न नहुनेमा ढुक्क छन्।

वैज्ञानिकहरूले पत्ता लगाएको तथ्य के हो भने पृथ्वीका धेरै कुराहरू एनुलर मोडमा रहेका छन्। धेरै ग्रहहरूको सम्बन्धको कारण मौसममा प्रभाव पर्न सक्छ।

यस अघि मङ्गल ग्रहका बारे धेरै रहस्य पत्ता लागी सकेका छन्। त्यहाँको हिमपात र धुलोको हुरी असर पत्ता लगाए पछि धेरै वैज्ञानिकलाई यसले चकित तुल्याएको थियो। मङ्गलमा देखिएको हिमपात अर्को आश्चर्य हो। यी दुई तथ्यले मङ्गलमा मान्छेको बस्ती बसाल्ने योजनामा अझ थप अध्ययन गर्न सहयोगी बनाएको छ।

मङ्गलमा पग्ली रहेको बरफ र हिउँ त पछिल्लो समय अध्ययनका लागि जरुरी विषय भएका छन्। पृथ्वी, मङ्गल ग्रह र शनिको उपग्रह टीटानका बारे धेरै मिल्दा विशेषताहरू पाइएका छन्। याले विश्वविद्यालयमा विज्ञान र मानविकी सङ्कायमा पृथ्वी तथा ग्रह विज्ञानका पोस्ट डक्टरल रिसर्चर जे माइकल बालाटीयोले धेरै अघि देखि यसको अध्ययनको नेतृत्व गरी रहेका थिए।

अवलोकन गरिएका डाटा सेटलाई अझ बढी राम्रोसँग समन्वय गर्दै यसलाई भरपर्दो मोडलमा लैजान मात्र बाँकी रहेको वैज्ञानिकहरू बताउँछन्। वैज्ञानिकहरूले पत्ता लगाएको तथ्य के हो भने पृथ्वीका धेरै कुराहरू एनुलर मोडमा रहेका छन्। धेरै ग्रहहरूको सम्बन्धको कारण मौसममा प्रभाव पर्न सक्छ। पृथ्वीको मौसम परिवर्तनको मोड भने मङ्गल र टिटानसंग मिल्दो छ।

पृथ्वीको वायुमण्डलीय बहाव, मौसममा आउने परिवर्तन , तिनीहरूले “जेट स्ट्रिम”मा पार्ने प्रभाव, बादलको बनावट र संसार भरी हुने वर्षाका स्वरूप एनुलर मोडमा हुने गरेका छन्। यो नै शैलीको मौसम मङ्गल र टिटानमा हुने अनुमान गरिएको हो।

सन् २०१६ को समय एउटा यस्तो समय थियो कि धनाढ्य एलन मस्कले मङ्गलमा मान्छेको उपस्थितिको सम्भावनाको कुरा गर्दा मानिसलाई हाँसो उठ्ने गरेको थियो। चन्द्रमा सम्बन्धी धेरै अध्ययन जारी रहेकै समयमा उनले मङ्गलको बारे धेरै दुरागामी र मान्छेको बस्तीसम्मका निश्चित परियोजनाको सम्भावनाको कुरा उठाएका थिए।

यस ६ दशक लामो समयको अन्तरालमा अन्तरिक्ष अध्ययनले धेरै लामो फड्को मारेको छ। सायद सन् २०२३ अझ धेरै प्रभावकारी हुने छ। अन्ततः हाम्रा भावी पुस्ताका पृथ्वी बाहेक अन्यत्रको बसोबासको सम्भावनाको खोजी पनि हुने छ।

उनले एक सय वर्षपछि मङ्गलमा कोलोनी नै हुन सक्ने सम्भावनाको कुरा गरेका थिए। १ सय वर्षको त्यसै परियोजना पुरा गर्नका लागि सन् २०२२ मा मङ्गलमा यान पठाउने घोषणा पनि त्यसै वर्ष भएको थियो।

त्यसै समय एलन मस्कले पैसा तिरेर मङ्गल ग्रहको भ्रमण गर्न सकिने नयाँ योजनाको विकास गरेका थिए। यसका लागि लामो समयको पखाई त आवश्यक हुन्छ नै।

मङ्गलको अध्ययनलाई जारी राख्दै विज्ञानले चन्द्रको थप अध्ययनलाई अघि बढाइ नै रहेको छ। पछिल्लो तथ्यले के पत्ता लगाएको छ भने चन्द्रमा मानिसले अनुमान गरे भन्दा धेरै पछिको ग्रह हो। चन्द्रमा ८५ मिलियन वर्ष अघि देखिको हो। चन्द्रमाको यो उमेर भनेको यस भन्दा अघि मानिसले अनुमान गरे भन्दा १ सय मिलियन वर्ष कम हो।

एपोलो मिसन र सोभियत कालको लुना मिसनकै लक्ष्य पनि चन्द्रको उमेर पत्ता लगाउने थियो। तर, त्यस समयमा यिनीहरूबाट पाइने डाटाको आधारमा कुनै पनि कुरा पाउन सकिने अवस्था नै थिएन। यसै कारण अन्य धेरै डाटा पठाइएका थिए।

युरी गागरिनले पहिलो पटक अन्तरिक्षमा गएर कीर्तिमान कायम गरेका थिए। ७ अप्रिल १९६१ मा गागरिनले यो सफलता पाएका थिए। यो सफलताको राज थियो की अमेरिकाले चन्द्रमा यात्राको तयारी गरेको थियो। यस तयारीका माझ जसोतसो अन्तरिक्ष यात्राको कीर्तिमानलाई भने अमेरिकालाई जित्ने भन्ने नीतिका साथ सोभियत संघले यो नीति लिएको हो।

यस ६ दशक लामो समयको अन्तरालमा अन्तरिक्ष अध्ययनले धेरै लामो फड्को मारेको छ। सायद सन् २०२३ अझ धेरै प्रभावकारी हुने छ। अन्ततः हाम्रा भावी पुस्ताका पृथ्वी बाहेक अन्यत्रको बसोबासको सम्भावनाको खोजी पनि हुने छ।

(स्रोत : बीबीसी, सीएनएन, स्पेस डटकम)

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ८ : १५ बजे

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै

सातामा ९.२१ अंकले घट्यो नेप्से, कुन दिन कस्तो थियो बजार ?

काठमाडौं– यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.२१ अंकले घटेको छ

फेरि फिल्ममा अभिनय गर्दै ऋषि धमला

काठमाडौं– विभिन्न विषयमा चर्चामा आइरहने पत्रकार ऋषि धमला पुनः फिल्ममा

मुलुकलाई आत्मनिर्भर बनाउन कृषिलाई प्राथमिकता दिन माधव नेपालको सुझाव

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको

एमाले सांसद ढकालविरुद्ध परेको रिट दरपीठ

काठमाडौं– नेकपा एमालेका सांसद एकनाथ ढकालविरुद्ध सर्वोच्च अदालतमा परेको रिट