बागमती प्रदेशसभाका नवनिर्वाचित सांसदको शपथ बिहीबार | Khabarhub Khabarhub

बागमती प्रदेशसभाका नवनिर्वाचित सांसदको शपथ बिहीबार


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

हेटौडा – बागमती प्रदेशसभा सदस्य (सांसद) को शपथग्रहण बिहीबार हुने भएको छ। प्रदेशसभा सचिवालय हेटौंडामा बिहीबार दिउँसो २ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ। त्यसअघि बुधबार ज्येष्ठ सदस्यको शपथ ग्रहणको कार्यक्रम छ। जेष्ठ सदस्यले अन्य सदस्यलाई शपथ गराउनेछन्।

प्रदेशसभा सचिवालयले शपथका लागि निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र लिएर आउन भनेको छ। सचिवालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय पोसाक वा आ-आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा निर्वाचन आयोगबाट प्राप्त प्रदेश सभा सदस्य पदको प्रमाणपत्र, नागरिकताको प्रतिलिपि), हालसालै खिचेको पासपोर्ट साइजको ६ वटा फोटो ल्याउन भनेको छ।

त्यस्तै, प्रदेश सभाका सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा शपथको व्यहोरा मातृभाषामा अनुवाद गरी तीन दिन अघि नै उपलब्ध गराउन भनिएको छ। यहाँ प्रदेशका १०९ सांसद छन्।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ७ : ४१ बजे

इंग्लिस प्रिमियर लिगमा वुल्भ्ससँग वर्नली पराजित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा वुल्भ्सले जित निकालेको छ ।

चुरे दोहन तथा वन फडानी नियन्त्रण गर्न माग

सिरहा– चुरे क्षेत्रबाट अवैधरूपमा गिट्टी, बालुवा उत्खनन तथा वन फडानी

जाडोमा बाथको जोखिम किन हुन्छ ?

अहिले चिसो मौसम चलिरहेको छ । यो मौसममा बाथरोग भएका

पर्यटन प्रवर्द्धनका लागि बागलुङ महोत्सव गरिने

बागलुङ– गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजारीकरणका निम्ति

‘पाँच सय करोड क्लब’मा स्थान बनाएका चार फिल्म

काठमाडौँ– बक्स अफिस कलेक्सनमा पाँच सय करोड बलिउड फिल्म सर्वाधिक