नेपाल टी २० क्रिकेट : आज दुई खेल हुँदै « Khabarhub

नेपाल टी २० क्रिकेट : आज दुई खेल हुँदै


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा दुई खेल हुँदैछ। आइतबार पहिलो खेलमा लुम्बिनी अल स्टार र विराटनगर सुपर किंग्सबीच खेल हुनेछ।

खेल बिहान ९ : १५ बाट सुरु हुँदा लुम्बिनी लगातार दोस्रो जित निकाल्न चाहन्छ। विराटनगरको पहिलो खेलमा जित निकाल्ने दाउमा छ।

दोस्रो खेलमा पोखरा एभेन्जर्स र जनकपुर रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउसो १ : १५ बाट सुरु हुँदा पोखरा पहिलो जित निकाल्न चाहन्छ। पोखरा पहिलो खेलमा काठमाडौंसँग पराजित भएको थियो।

पुस २७ गते हुने फाइलनमा खेलको विजेताले ५५ लाख पाउनेछ। यसैगरी उपविजेताले ३० लाख र तेस्रो हुने टोलीले १० लाख पाउने आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

प्रतियोगिताका काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्ट युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार सहभागी छन्।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ८ : ४१ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो