‘देउवा वा प्रचण्डले त्याग नगरे देश अस्थिरतातर्फ धकेलिन्छ’ « Khabarhub

‘देउवा वा प्रचण्डले त्याग नगरे देश अस्थिरतातर्फ धकेलिन्छ’


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्ता गठबन्धनका नेताहरूले त्यागको भावना नदेखाए देश अस्थिरताको दलदलमा फस्ने टिप्पणी गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा सकिन केही घण्टा मात्र बाँकी रहेपछि पूर्वप्रधानमन्त्री भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध दल र नेताहरूले आवश्यक सुझबुझ र लचकता देखाउनुपर्ने बताएका छन्।

पहिलो प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच कुरा नटुंगिएपछि भट्टराईले अर्को गठबन्धनको सरकार बन्ने र देश अस्थिरतातर्फ जाने चेतावनी दिएका हुन्।

‘वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणाली रहेसम्म देशमा एउटा वा अर्को गठबन्धनको सरकार अनिवार्य बनेको छ’, डा. भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यस्तो स्थितिमा संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध दल र नेताहरूले आवश्यक सुझबुझ, लचकता र त्यागको भावना देखाउनैपर्छ। नत्र देश अस्थिरताको दलदलमा फस्नेछ! सबै जिम्मेवार बनौं।’ उनले ट्वीटरमा लेखेका छन्।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ११ : ११ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर