‘देउवा वा प्रचण्डले त्याग नगरे देश अस्थिरतातर्फ धकेलिन्छ’ « Khabarhub

‘देउवा वा प्रचण्डले त्याग नगरे देश अस्थिरतातर्फ धकेलिन्छ’


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्ता गठबन्धनका नेताहरूले त्यागको भावना नदेखाए देश अस्थिरताको दलदलमा फस्ने टिप्पणी गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा सकिन केही घण्टा मात्र बाँकी रहेपछि पूर्वप्रधानमन्त्री भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध दल र नेताहरूले आवश्यक सुझबुझ र लचकता देखाउनुपर्ने बताएका छन्।

पहिलो प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच कुरा नटुंगिएपछि भट्टराईले अर्को गठबन्धनको सरकार बन्ने र देश अस्थिरतातर्फ जाने चेतावनी दिएका हुन्।

‘वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणाली रहेसम्म देशमा एउटा वा अर्को गठबन्धनको सरकार अनिवार्य बनेको छ’, डा. भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यस्तो स्थितिमा संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध दल र नेताहरूले आवश्यक सुझबुझ, लचकता र त्यागको भावना देखाउनैपर्छ। नत्र देश अस्थिरताको दलदलमा फस्नेछ! सबै जिम्मेवार बनौं।’ उनले ट्वीटरमा लेखेका छन्।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ११ : ११ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल