ब्रेकिङ स्टोरी

सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक शुरु

By खबरहब

December 25, 2022

काठमाडौँ – सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा शुरू भएको छ ।

सरकारको नेतृत्व पहिले कांग्रेसले गर्ने कि माओवादी केन्द्रले भन्नेबारेमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएपछि अन्य नेतासहितको छलफल सुरु भएको हो।

प्रचण्ड देउवाको वान टु वान छलफलपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि बालुवाटार पुगेको बताइएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारी सरकार निर्माणका लागि दिएको सात दिनको समय सकिन पाँच घण्टा बाँकी हुँदा दलहरु निर्णायक छलफलमा जुटेका हुन्।

हिजो साँझ बसेको गठबन्धनको बैठक पहिलो प्रधानमन्त्रीमा देउवा र प्रचण्डको दाबी कायमै भए पछि निश्कर्षबिहिन भएको थियो ।