लुम्बिनी प्रदेशसभा सचिवालयको काम भोलिदेखि देउखुरीबाट « Khabarhub

लुम्बिनी प्रदेशसभा सचिवालयको काम भोलिदेखि देउखुरीबाट


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बुटवल- लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी दाङको देउखुरीबाट पुस ११ गते सोमबारबाट प्रदेश सभा सचिवालयको सबै कामकाज सुरु गर्ने भएको छ।

बुटवलबाट हुँदै आएको प्रदेशसभा सचिवालयको काम अब बुटवलबाट करिब एक सय किलोमिटर पश्चिममा पर्ने स्थायी राजधानी देउखुरीबाट सञ्चालन गर्न लागिएको हो। प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार सोमबारदेखि सचिवालयको सबै काम देउखुरीबाट हुनेछ। जसका लागि प्रदेश सचिव लगायत सचिवालयमा कार्यरत सबै कर्मचारी राजधानी क्षेत्रमा पुगिसकेका छन।

लुम्बिनी प्रदेशसभाको बैठक पनि स्थायी राजधानी दाङमा बस्दै छ। लुम्बिनी प्रदेश सरकारको प्रशासनिक भवनभित्रै पाँच करोड २० लाख लागतमा तयार गरिएको संसद भवन र सचिवालय भवन पनि सञ्चालनको अन्तिम तयारी अवस्थामा छन्। स्थायी राजधानी दाङबाटै प्रदेश सांसद, मुख्यमन्त्री र मन्त्रीहरूलाई स्वागत एवं शपथ खुवाउने तयारी प्रदेश सरकारको छ।

जसका लागि अहिले प्रदेशसभा भवन सिंगारपटार गर्ने काम भइरहेको छ। प्रदेशसभा सचिव पुनले नवनिर्मित प्रदेशसभा भवनबाटै सदन चलाउने तयारीसहित काम अघि बढेको बताए।

प्रदेश प्रमुखबाट संसद बैठक आह्वान हुने र त्यसपछि सभा सदस्यको शपथग्रहण र संसदको पहिलो बैठक बस्ने उनले बताए। ‘अबको प्रदेश सभा बैठक र नवनिर्वाचित प्रदेश सभा सदस्यको शपथ यहीँ राख्ने योजना छ,’ उनले भने।

उनले संविधानतः प्रदेशसभाको अधिवेशन पुस २१ भित्र बोलाइसक्नु पर्ने र त्यसपछिमात्र प्रदेशसभा सदस्यको शपथ ग्रहण हुने बताए। उनले पुस १५ गतेदेखि २१ गतेको बीचमा शपथ ग्रहण हुने जानकारी दिए।

उनका अनुसार अहिले प्रदेश सभा भवनभित्र कार्पेट बिच्छ्याउने काम, कुर्सी राख्ने काम, रोष्टम बनाउने काम भइरहेको छ। यता, प्रदेश सभा सचिवालय तयार पार्ने र संसदीय दलको कार्यालय व्यवस्थापनको काम पनि चलिरहेको छ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  १२ : ३३ बजे

कोरला सडकको निरीक्षणमा पूर्वाधारमन्त्री, पाँच पुल निर्माण प्रक्रिया अघि बढाउन निर्देशन

मुस्ताङ- गण्डकी प्रदेशका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको

कांग्रेसमा बढ्यो आन्तरिक राजनीतिक भेटघाट

काठमाडौं- नेपाली कांग्रेसभित्र पछिल्लाे समय शीर्ष नेताहरूबीच आन्तरिक राजनीतिक भेटघाट र छलफल तीव्र

तेहरानमा अली खामेनेईलाई अन्तिम श्रद्धाञ्जली दिन लाखौँको भीड

तेहरान- इरानका सर्वोच्च नेता अली खामेनीको अन्तिम श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन राजधानी तेहरानमा

सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार

काठमाडौं– सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी

अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी

एजेन्सी– संयुक्त राज्य अमेरिकाको २५०औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा राष्ट्रपति डोनाल्ड ट्रम्पले