शीतलहर र हिमपातबाट बच्नुहोस् : स्वास्थ्य मन्त्रालय « Khabarhub

शीतलहर र हिमपातबाट बच्नुहोस् : स्वास्थ्य मन्त्रालय


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शीतलहर र हिमपातको जोखिमबाट बच्न आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी केही समययता चिसोसँगै शीतलहर र हिमपातले जनजीवनमा असर पार्ने भएकाले त्यसबाट बच्न आग्रह गरिएको जानकारी दिन्छन्। काठमाडौँमा आज यस वर्षकै सबैभन्दा बढी चिसो मापन गरिएको छ। यहाँको न्यूनतम तापक्रम आज चार दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

चिसोबाट बच्न शरीरको सबै भाग ढाक्नेगरी बाक्लो तथा न्यायो लुगा लगाउन, कोठा न्यानो पार्न र पर्र्याप्त हावा ओहोरोदोहरो हुने व्यवस्था गर्न मन्त्रालयले आग्रह गरेको छ। शीतलहर र हिमपातबाट बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घरोगीलाई बचाउनुपर्दछ।

आमाको दूध खाने बच्चालाई नियमितरुपमा स्तनपान गराउन, तातो तथा पोषिलो झोल पदार्थ प्रशस्तमात्रामा सेवन गराउन र धुमपान तथा मध्यपान नगर्न मन्त्रालयको आग्रह छ। तलहर तथा चिसोमा मुटु रोग, हृदयघात, फोक्सो तथा श्वासप्रश्वासमा समस्या, बालबालिका तथा ज्येष्ठ नागरिकमा निमोनिया, ज्वरो आउने, झाडापखला लाग्ने, दम बढ्ने, रुघाखोकी, घ्यारघ्यार, श्वास फेर्न कठिनाइ हुनेजस्ता समस्या देखिने गर्दछन्।

मन्त्रालयले यस्ता समस्या देखिए तुरुन्तै नजिकैको स्वास्थ्य सङ्ख्यामा सम्पर्क गर्न अनुरोध गर्दै सुत्ने कोठामा आगो, हिटर, मकल, कोइला, ब्रिकेट, आदि बाली झ्याल ढोकाबन्द गरेर नसुत्नसमेते आग्रह गरेको छ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  १२ : ५० बजे

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २