ओलीनिवासमा नेताहरुको घुइँचो, प्रचण्ड पुगे, लिङ्देन बाहिरिए « Khabarhub

ओलीनिवासमा नेताहरुको घुइँचो, प्रचण्ड पुगे, लिङ्देन बाहिरिए


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संसदमा दोस्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा नेताहरुको घुइँचो लागेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन भने बालकोटस्थित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासबाट बाहिरिएका छन् । झापाबाट काठमाडौँ आएका लिङ्देन सोझै ओलीनिवास बालकोट पुगेका थिए ।

बालकोटमा लिङ्देनसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जनता समाजवादी पार्टी जसपाका नेता अशोक राई पनि पुगेको बताइएको छ ।

यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि बालकोट जाने बताइएको थियो । यद्यपि उनी सोझै बालकोट नगई आफ्नै निवास खुमलटार पुगेका थिए । अहिले भने प्रचण्ड पनि बालकोट पुगेका छन् ।

नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुबीच तीव्र छलफल चलिरहेका बेला नेताहरु भेटघाटमा व्यस्त बनेका हुन् । राष्ट्रपति विद्यादेवि भण्डारीले नयाँ सरकार बनाउन दिएको समयसीमा आजै सकिँदैछ । यसअघि बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको थियो ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  २ : २० बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच