पार्टीमा छलफल आवश्यक रहेको भन्दै ओलीनिवासबाट जसपा नेता राई बाहिरिए « Khabarhub

पार्टीमा छलफल आवश्यक रहेको भन्दै ओलीनिवासबाट जसपा नेता राई बाहिरिए


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नयाँ सरकार गठनका लागि छलफल चलिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटबाट जनता समाजवादी पार्टी जसपाका वरिष्ठ नेता अशोक राई बाहिरिएका छन् ।

पार्टीमा थप छलफल आवश्यक रहेको भन्दै उनी बाहिरिएका हुन् । जसपाको संसदीय दलको नेता पनि चयन नभएकाले पार्टीमा छलफल आवश्यक रहेको उनको भनाइ छ ।

बालकोटमा जारी बैठकमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीका नेताहरुको सहभागिता रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउन आह्वान गर्न तोकेको एक हप्ताको समय आज पाँच बजे सकिनुअघि नेताहरुबीच भेटवार्ता भएको हो ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ३ : ०१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको