बालकोटको तस्वीर शेयर गर्दै प्रचण्डका पीएले लेखे- ‘नयाँ यात्राको सुरुवात’ « Khabarhub

बालकोटको तस्वीर शेयर गर्दै प्रचण्डका पीएले लेखे- ‘नयाँ यात्राको सुरुवात’


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नयाँ सरकार गठन गर्न दलहरुबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा छलफल चलिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिवले ‘नयाँ यात्राको सुरुवात’ भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा बालकोटको तस्वीर शेयर गर्दै प्रचण्डका स्वकीय सचिव रमेश मल्लले ‘नयाँ यात्राको सुरुवात’ भएको जनाएका हुन् ।

अहिले नयाँ सरकार गठनबारे छलफल गर्न नेकपा एमाले र माओवादी केन्द्रसहित विभिन्न दलका नेताहरुको बैठक ओलीनिवास बालकोटमा बसिरहेको छ । मल्लले फेसबुकमा सेयर गरेको तस्वीरबाट प्रचण्ड र ओली सरकार गठनबारे सहमतिनजिक पुगेको आँकलन गरिएको छ ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ३ : ५२ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी