राजनीति

बालकोटको तस्वीर शेयर गर्दै प्रचण्डका पीएले लेखे- ‘नयाँ यात्राको सुरुवात’

By खबरहब

December 25, 2022

काठमाडौँ- नयाँ सरकार गठन गर्न दलहरुबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा छलफल चलिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिवले ‘नयाँ यात्राको सुरुवात’ भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा बालकोटको तस्वीर शेयर गर्दै प्रचण्डका स्वकीय सचिव रमेश मल्लले ‘नयाँ यात्राको सुरुवात’ भएको जनाएका हुन् ।

अहिले नयाँ सरकार गठनबारे छलफल गर्न नेकपा एमाले र माओवादी केन्द्रसहित विभिन्न दलका नेताहरुको बैठक ओलीनिवास बालकोटमा बसिरहेको छ । मल्लले फेसबुकमा सेयर गरेको तस्वीरबाट प्रचण्ड र ओली सरकार गठनबारे सहमतिनजिक पुगेको आँकलन गरिएको छ ।