ब्रेकिङ स्टोरी

प्रचण्डलाई प्रधानमन्त्री बनाउन ओली तयार, राष्ट्रपति र सभामुख एमालेले पाउने

By खबरहब

December 25, 2022

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली सहमत भएका छन् ।

ओली निवास बालकोटमा भएको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो ।

सहमतिको ड्राफ्ट बनाउने कार्य भइरहेको ओलीको सचिवालयले जनाएको छ । सहमतिअनुसार एमालेले राष्ट्रपति र सभामुख लिने भएको छ ।